नेप्से परिसूचकमा आठ अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा आठ अंकको गिरावट


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव २४ अंकले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो ।
     
आज ३३३ कम्पनीको एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ५४ हजार ८९२ पटक खरिदबिक्री हुँदा रु छ अर्ब पाँच करोड २२ लाख २६ हजार ९०३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
    
आजको कारोबारमा विकास बैंक समूह एक दशमलव ११, होटल तथा पर्यटन शून्य दशमलव ०१, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, म्युचुअल फन्ड शून्य दशमलव २९, व्यापार शून्य दशमलव ९३ र अन्य समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ शून्य दशमलव २२, वित्त शून्य दशमलव १२, जलविद्युत् एक दशमलव ०५, लगानी शून्य दशमलव ७०, जीवन बीमा एक दशमलव ०५, लघुवित्त शून्य दशमलव ६३ र निर्जीवन बीमा शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।
     
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
     
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३७ करोड ६८ लाख २४ हजार ४९४ बराबरको छ लाख १९ हजार ११४ कित्ता शेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ३ : ३८ बजे

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी