कात्तिक नाचअन्तर्गत बराह अवतार-हिरण्याक्ष वध मञ्चन « Khabarhub

कात्तिक नाचअन्तर्गत बराह अवतार-हिरण्याक्ष वध मञ्चन


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरमा जारी कात्तिक नाचअन्तर्गत सातौँ दिन आइतबार राती बराह अवतार–हिरण्याक्ष वध मञ्चन गरिएको छ । 

प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार आइतबार राती बराह अवतार–हिरण्याक्ष वध मञ्चन गरिएको हो । 

इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित रहेको छ । जसअनुसार इन्द्रले गरेको यज्ञमा बाधा पुर्‍याएपछि विष्णुको आह्वान गर्ने र विष्णुको स्वरूप बराह प्रकट भएर युद्ध चल्ने तथा आफूहरूले हार्दै जाँदा हिरण्यासहित उनका दैत्यगण भाग्ने नाटक मञ्चन कात्तिक नाच व्यवस्थापन समितिले जनाएको छ ।

सो नाटक मञ्चन हुँदा अन्य रातमा भन्दा यस रातमा नाटक हेर्न पुग्ने सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । 

कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विघ्न बाधा हटी शान्ति र सु–व्यवस्था कायम रहने विश्वास रहेको छ । 

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो  ।

मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका बासिन्दालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : १६ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ