जापानमा भालुको आक्रमणमा परी दुई जना घाइते « Khabarhub

जापानमा भालुको आक्रमणमा परी दुई जना घाइते


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको अकिता प्रान्तमा भएको छुट्टा–छुट्टै भालु आक्रमणमा दुई जना घाइते भएको उल्लेख गर्दै यस क्षेत्रमा भालुहरूको मुठभेड तीव्र रूपमा बढेको स्थानीय प्रहरीले जनाएको छ ।

अकिता शहरमा, एक ६५ वर्षीय व्यक्तिलाई उनको घरको नजिकै आइतबार स्थानीय समय अनुसार बिहान ५ः३० मा आक्रमण गरेको तथा घटनास्थलमा दुईवटा भालु देखिएको प्रहरीले जनाएको छ ।

पीडित घाइतेलाई उपचारका लागि अस्पताल लगिएको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । दाइसेन शहरमा, आइतबार बिहान भएको आक्रमणमा एक व्यक्ति घाइते भएको तथा  घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  

नोभेम्बरको सुरुमा अकितामा भालुसम्बन्धी घटनामा तीन जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको जनाइएको छ । प्रान्तीय सरकारले उक्त क्षेत्रका लागि चेतावनी जारी गर्दै बासिन्दाहरूलाई सतर्क रहन र भालु देखा पर्न सक्ने पाहाडी क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : १७ बजे

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको