डेंगु संक्रमणबाट ६ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो  « Khabarhub

डेंगु संक्रमणबाट ६ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो 


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा १ सय ७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डोल्पा र मनाङ बाहेक अन्य ७५ वटा जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका पछिल्लो २४ घण्टामा मात्रै २४ जनामा सङ्क्रमण देखिएको छ । 

यो सँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ७ हजार ७५ पुगेको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा एक हजार ७६३ जनामा डेङ्गु पुष्टि भएको छ भने गण्डकी प्रदेशमा एक हजार ७७५, लुम्बिनीमा एक हजार १६९, कोशीमा ९९३, सुदूरपश्चिममा ७८८, कर्णालीमा ५०० र मधेशमा १४७ जनामा डेङ्गु पुष्टि भएको छ ।

डेंगु आक्रमणकै कारण ६ जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ । सफा तथा भांडोमा जम्मा भएको पानीमा हुर्कने एडीक जातको लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको संक्रमण विशेष गरी वर्षायाममा फैलिने गर्दछ । तर पछिल्लो समय बाह्रै महिना यसको सङ्क्रमण देखिन थालेको चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : ३२ बजे

‘बालेनलाई नेता स्वीकारिसक्यौँ, चुनावपछि प्रधानमन्त्री बनाउन एकमत छौँ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र

कुलमानले भने- पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्त्वपूर्ण छ

कास्की– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको

कार्यकाल बाँकी हुँदै उपसभामुखको राजीनामा, गाडीसमेत बुझाएर सिंहदरबार छाडिन्

काठमाडौं- पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा

कुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथ स्नान (तस्बिरहरू)

काठमाडौं– यस वर्षको दशैंमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको