यी हुन् जेन-जी आन्दोलनमा ज्यान गुमाएर शहीदको सूचीमा परेका ४५ जना | Khabarhub Khabarhub

यी हुन् जेन-जी आन्दोलनमा ज्यान गुमाएर शहीदको सूचीमा परेका ४५ जना


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

गृह मन्त्रालय लगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले ४५ जनालाई शहीद घोषणा गरिएको प्रवक्ता खरेलले बताए ।

शहीद घोषणा गरिएकाहरूको विवरण :

क्र.सं.नाम, थरठेगाना
बुद्धिबहादुर तामाङकिर्तिपुर-२ काठमाडौं
सन्तोष बिश्वकर्माबेलका-४ उदयपुर
सुलभ राज श्रेष्ठनेपालगञ्ज-१ बाँके
श्रीयम चौलागाई बेलबारी-११ मोरङ
ईस्वत बहादुर अधिकारी का.म.पा -११ काठमाडौं
आयुष थापानेपालगन्ज-१ बाँके
गौरब जोशी धनगढी-५ कैलाली
योग बहादुर श्रेष्ठ बारविसे-६ सिन्धुपाल्चोक
माधव सारू मगरभूमिकास्थान-४ अर्घाखाँची
१०बिमल बाबु भट्टबारपाक सुलिकोट-५ गोरखा
११असहाव आलम ठकुराईविरगंज-१२ पर्सा
१२सौरन किशोर श्रेष्ठबाग्लुङ-४ बाग्लुङ
१३सुभाष कुमार बोहराखप्तडछान्ना-७ बझाङ
१४रसिक खतिवडा खत्रीपनौति-१० काभ्रे
१५बिनोद महर्जनललितपुर-७ ललितपुर
१६दिल नारायण तामाङतिमाल-७ काभ्रे
१७योगेन्द्र न्यौपानेगोलान्जोर-१ सिन्धुली
१८अभिषेक श्रेष्ठइनरुवा न.पा-६ सुनसरी
१९मोहन सरदारइटहरी-१४ सुनसरी
२०छत्रमान कुथुमीपाख्रिबास-२ धनकुटा
२१ओझन बुढास्वामिकार्तिक खापर-२ बाजुरा
२२साजन राईधरान-२२ सुनसरी
२३अनिश पराजुलीपालुङटार-३ गोरखा
२४सारकुमार राईचौदन्डीगढी-३ उदयपुर
२५अर्जुन भट्टगण्डकी-४ गोर्खा
२६धिरज श्रेष्ठतादी -३ नुवाकोट
२७देव कुमार सुवेदीलालबन्दी-५ सर्लाही
२८उमेश महतचौतारा साँगाचोकगढी-८ सिन्धुपाल्चोक
२९प्रविण कुलुङसिलिचुङ-३ संखुवासभा
३०निखिता गौतमकालिका-८ चितवन
३१अभिषेक चौलागाईशैलुङ-४ दोलखा
३२बिजय चौधरीलहान-१५ सिरहा
३३भिम राज धामीदुर्गाथली-१ बझाङ
३४निरज पन्तदशरथ – ६ बैतडी
३५दीपक सिंह साउदशिवनाथ-२ बैतडी
३६शुभराज बलामी श्रेष्ठककनी-१ नुवाकोट
३७ज्ञानिन्द्र सेढाईअर्जुनधारा-११ झापा
३८दिनेश राजवंशीअर्जुनधारा-8 झापा
३९कमल भण्डारीहिलिहाङ-२ पाँचथर
४०दिपेश सुनुवारतिनपाटन-६ सिन्धुली
४१महेश बुढाथोकीविगु-३ दोलखा
४२लच्छुमान राईपञ्चकन्या-२ नुवाकोट
43मिलन रायदुधौली-८ सिन्धुली
44अमृत गुरुङरुपा-५ कास्की
45उत्तम थापालेकाम-३ दार्चुला

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : ५९ बजे

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई