कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच भेट « Khabarhub

कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच भेट


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उदो युगेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, विकास साझेदारी, लगानी, व्यापार तथा पर्यटन प्रवर्द्धनलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कार्यवाहक राष्ट्रपति यादवले नेपाल र जर्मनीबीच सन् १९५८ मा दौत्य सम्बन्ध स्थापना भएयता कायम रहेको आपसी विश्वास र सहयोगप्रति सन्तोष व्यक्त गरेका थिए। उनले उच्चस्तरीय भ्रमण, विकास साझेदारी, जनस्तरको सम्बन्ध, लगानी तथा पर्यटन क्षेत्रलाई दुई देशबीचको सम्बन्धका आधारस्तम्भका रूपमा उल्लेख गरे।

जेनजी आन्दोलनपछि नेपालको लोकतान्त्रिक यात्राले नयाँ गति लिएको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति यादवले उत्तरदायी, जवाफदेही र भ्रष्टाचारमुक्त शासनप्रति जनआकाङ्क्षा राष्ट्रिय एजेण्डाका रूपमा स्थापित भएको बताए। उनले आगामी ५ मार्च २०२६ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने सरकारको प्राथमिकताबारे समेत जानकारी दिए ।

सङ्घीय गणतन्त्र जर्मनी नेपालका प्रमुख विकास तथा व्यापार साझेदारमध्ये एक रहेको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति यादवले सन् १९६१ देखि प्राप्त हुँदै जर्मन सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले जलवायु परिवर्तनजस्ता अन्तर्राष्ट्रिय मुद्दामा जर्मनीले बहुपक्षीय मञ्चमा खेलेको भूमिकाको प्रशंसा गर्दै भविष्यमा पनि आपसी हितका विषयमा सहकार्य जारी रहने विश्वास व्यक्त गरे।

नेपालले आगामी वर्ष अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति यादवले उक्त लक्ष्यलाई दिगो बनाउन जर्मनीलगायत विकास साझेदारहरूको पूँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक रहेको बताए।

जर्मनीका राजदूत उदो युगेन भोल्जले नेपाल–जर्मनी सम्बन्ध अत्यन्तै घनिष्ट र बलियो रहेको उल्लेख गर्दै नेपालको सरकारलाई जर्मनीको निरन्तर समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ६ : १२ बजे

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा