रास्वपा वार्ता टोली संयोजक बमको चेतावनी : नयाँ दल र स्वतन्त्र नेता एकजुट नभए सबैको भेट जेलमा हुनेछ « Khabarhub

रास्वपा वार्ता टोली संयोजक बमको चेतावनी : नयाँ दल र स्वतन्त्र नेता एकजुट नभए सबैको भेट जेलमा हुनेछ


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वार्ता टोली संयोजक पुकार बमले नयाँ दल र स्वतन्त्र नेताहरूबीच एकता हुन नसके निकट भविष्यमा उनीहरूविरुद्ध विभिन्न गम्भीर मुद्दा दायर हुने चेतावनी दिएका छन्।

बमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ‘७ बुँदे ध्यानाकर्षण’ शीर्षकको वक्तव्यमा यस्तो चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘मुद्दा, विचार र सिद्धान्त एउटै हुँदाहुँदै पनि यदि सबैजना अलग–अलग बाटो लाग्ने हो भने अबको बाटो स्पष्ट छ-जेलभित्र।’

सम्भावित मुद्दाको चेतावनी

बमले ऊर्जा मन्त्रीसमेत रहेका कुलमान घिसिङ, काठमाडौंका मेयर बालेन्द्र साह, रास्वपाकी पूर्वसांसद सुमना श्रेष्ठ, हामी नेपालीका संयोजक सुदन गुरुङ र सागर ढकाललगायतको नाम नै लिएर यिनीहरूबीच सहकार्य नभए एक दिन मुद्दा लाग्ने बताए ।

उनले भनेका छन्, ‘यदि बेलैमा एक नहुने भए देशद्रोह, आतंकवाद प्रोत्साहन, साम्प्रदायिक दंगा उत्प्रेरणा, आन्दोलनमा भीडलाई उक्साएको, विध्वंश मचाएको, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोड जस्ता मुद्दा लगाउने तयारी भइरहेको देखिन्छ।’

उनले आगामी फागुन २१ गतेको निर्वाचनपछि पुराना राजनीतिक दलहरूको गठबन्धन पुनःसत्तामा फर्किएमा, “अपरेशन किलोसेरा टु, भर्सन २’ कारबाहीमार्फत् नयाँ पुस्ताका वैकल्पिक र स्वतन्त्र नेताहरूमाथि व्यापक दमन सुरु हुन सक्ने पनि चेतावनी दिए।

‘जेलमै वार्ता गर्ने दिन टाढा छैन’

बमले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, ‘यदि अहिले एकता हुन सकेन भने भोलि सबैजना नक्खु कारागारभित्र सानो चिमको उज्यालोमा भजन, नाचगान र र्‍याप ब्याटलको तालमा एकताको वार्ता गर्नुपर्ने स्थिति आउन सक्छ।’

रास्वपामाथि राजनीतिक प्रतिशोध

उनले भदौ २४ गते ढलेको कांग्रेस–एमाले सरकारलाई पनि आरोप लगाउँदै भनेका छन्, ‘केपी शर्मा ओली–शेरबहादुर देउवा नेतृत्वको दुईतिहाइको सरकारले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधेको इतिहास जगजाहेर छ।’

बमले नयाँ वैकल्पिक धारका नेताहरूलाई लक्षित गर्दै प्रश्न पनि गरेका छन् । ‘भोलि कुलमान घिसिङमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण, बालेन साह र उनका समर्थकमाथि देशद्रोह र आतंकवाद प्रोत्साहनका मुद्दा दायर भएपछि तपाईंहरू कसरी प्रतिक्रिया दिनुहुन्छ? त्यस्तो अवस्थामा तपाईंहरू नेतृत्वबाट पछि हट्नुहुन्छ कि जेलमै प्रतिरोध गर्नुहुन्छ?’

अहिले मौन बस्दा पछि पश्चाताप

उनले सबै नयाँ र स्वतन्त्र राजनीतिक समूहलाई तत्काल एकै प्लेटफर्ममा आउन आह्वान गर्दै लेखेका छन्, ‘अहिले तपाईंहरूलाई यो सब परेको छैन, त्यसैले जवाफ दिन सजिलो छ। तर परिसकेपछि धेरै ढिलो भइसकेको हुनेछ।’

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ६ : २२ बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत