नदीमा बगेकी बालिकाको सकुशल उद्धार « Khabarhub

नदीमा बगेकी बालिकाको सकुशल उद्धार


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

अदानचुली– यहाँस्थित अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी सात वर्षीया बालिकाको उद्धार गरिएको छ ।

आज अपराह्‍न खोलामा नुहाउने क्रममा एक्कासी बगेकी अदानचुली–२ का लाले भण्डारीकी छोरी अस्मिताको कर्णाली नदीबाट उद्धार गरिएको हो ।
 
एक्कासी खोलामा बगेकी भण्डारीको कर्णाली नदी र खोलाको दोभानबाट श्रीनगर प्रहरी चौकी गल्फागाडका हबल्दार योगेन्द्र ऐडी र स्थानीयको सहयोगमा उद्धार गरिएको हवल्दार ऐडीले बताए। बगाएको स्थानदेखि अन्दाजी चार सय मिटरको दूरीबाट बालिकालाई सकुशल उद्धार गरिएको उनको भनाइ छ ।

आफ्नो ज्यानको परबाह नगरी बालकलाई नदीबाट उद्धार गर्ने प्रहरी हवल्दार ऐडीलाई स्थानीयले धन्यवाद दिएका छन् । 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : ५२ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक