माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलको नेतामा साह « Khabarhub

माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलको नेतामा साह


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादीकेन्द्र) को मधेश प्रदेशसभाको संसदीय दलको नेतामा पुनः भरतप्रसाद साह नियुक्त भएका छन्। माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले मधेश प्रदेश सरकारका पूर्वअर्थ र गृहमन्त्रीसमेत रहेका साहलाई आज मधेश प्रदेश संसदीय दलको नेता नियुक्त गरेका हुन्।

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई पत्र लेख्दै प्रचण्डले साहलाई पार्टीको तर्फबाट मधेश प्रदेश संसदीय दलको नेतामा पुनर्स्थापित गर्ने निर्णय भएको पत्रसमेत पठाएका छन्।

प्रचण्डले सभामुख मण्डलको सचिवालयलाई पठाएको पत्रमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलको नेतामा माननीय भरतप्रसाद शाहलाई पुनर्स्थापित गर्ने निर्णय भएकाले उहाँलाई दलनेता कायम गरी दलको तर्फबाट प्रतिनिधित्व गराउनुहुन अनुरोध छ।’

करिब ६ महिनाअघि बहुमत सांसदले नेता साहविरुद्ध पार्टीको केन्द्रीय कार्यालयमा डेलिगेसन गएपछि तत्कालीन समयमा प्रचण्डले साहलाई दलको नेताबाट राजीनामा दिन लगाएका थिए।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ९ : १२ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ