माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलको नेतामा साह « Khabarhub

माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलको नेतामा साह


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादीकेन्द्र) को मधेश प्रदेशसभाको संसदीय दलको नेतामा पुनः भरतप्रसाद साह नियुक्त भएका छन्। माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले मधेश प्रदेश सरकारका पूर्वअर्थ र गृहमन्त्रीसमेत रहेका साहलाई आज मधेश प्रदेश संसदीय दलको नेता नियुक्त गरेका हुन्।

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई पत्र लेख्दै प्रचण्डले साहलाई पार्टीको तर्फबाट मधेश प्रदेश संसदीय दलको नेतामा पुनर्स्थापित गर्ने निर्णय भएको पत्रसमेत पठाएका छन्।

प्रचण्डले सभामुख मण्डलको सचिवालयलाई पठाएको पत्रमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलको नेतामा माननीय भरतप्रसाद शाहलाई पुनर्स्थापित गर्ने निर्णय भएकाले उहाँलाई दलनेता कायम गरी दलको तर्फबाट प्रतिनिधित्व गराउनुहुन अनुरोध छ।’

करिब ६ महिनाअघि बहुमत सांसदले नेता साहविरुद्ध पार्टीको केन्द्रीय कार्यालयमा डेलिगेसन गएपछि तत्कालीन समयमा प्रचण्डले साहलाई दलको नेताबाट राजीनामा दिन लगाएका थिए।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ९ : १२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग