६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर « Khabarhub

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुई अर्ब सात करोड ६२ लाख रुपैयाँकाे सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मष्टा ग्रुप प्रालिका सञ्चालकसमेत रहेका चलाउनेले सुन तस्करीबाट कमाएको रकम प्रयोग गरी देशका विभिन्न जिल्लामा जग्गा खरिद गरेको प्रमाण फेला परेपछि मुद्दा दायर गरेको हो।

अनुसन्धानका क्रममा चलाउनेले झापा, काठमाडौं, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको भेटिएको छ। जसको अनुमानित मूल्य करिब १५ करोड ३० लाख ५१ हजार रुपैयाँबराबर रहेको छ। काठमाडौंको गोठाटारस्थित घर–जग्गा समेत उनले अन्य व्यक्तिका नाममा खरिद गरेको देखिएको विभागले जनाएको छ।

अनुसन्धानअनुसार चलाउनेले अवैध सुन कारोबारबाट प्राप्त रकमलगायत गरी कुल दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँ शुद्धीकरण गरेको अभियोगपत्रमा उल्लेख छ।

‘खरिदको कुल मूल्य समेत गर्दा हुन आउने कुल रकम रू. १,४५,५४,०३,९४८ तथा विदेशबाट अवैध तरिकाले आयात गरेको सुन ६० केजी ७१६ ग्रामको तत्कालीन अवस्थाको मूल्य प्रतितोला रू. १,१२,५०० का दरले हुने कुल मूल्य रू. ५८,५६,०९,५६८ र हिमालयन बैंकमा निजका नाउँमा रहेको नं. ००२१०५५००१९००१३ को खातामा कसुरबाट प्राप्त गरी जोर जम्मा गरी कारोबार गरी निःसर्ग गरेको रकम रू. ३,५२,००,००० समेत गरी हुने कुल रकम रू. २,०७,६२,१३,५१६ प्रतिवादी जीवन चलाउनेले शुद्धीकरण गरेको पुष्टि हुन आयो,’ अभियोगपत्रमा भनिएको छ।

चलाउनेको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको अनुसन्धानमा खुलासा भएको छ। राजस्व अनुसन्धान विभागले २०८० साउन ३ गते मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याइएको ठूलो परिमाणको सुन बरामद गरेको थियो। त्यसबेला झन्डै एक क्विन्टल सुन भन्सार जाँच पास भएर बाहिरिएको भनिए पनि पछि जोख्दा ६१ किलो मात्र सुन फेला परेको थियो।

१९ दिनपछि उक्त घटनामा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धानका लागि प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जिम्मा दिएको थियो। त्यस क्रममा सीआईबीले सो समूहले यसअघि नै ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो।

सीआईबीले त्यस प्रकरणमा दावा छिरिङ, जीवन चलाउनेसहित २९ जनालाई प्रतिवादी बनाएर सुन भन्सार चोरी पैठारी र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १० : ५९ बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत