आज २०८२ साल मंसिर १७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर १७ गते बुधबारको राशिफल


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर ३ तारिख । त्रयोदशी उपरान्त चतुदर्शी तिथि । विश्व अपाङ्ग दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । तर्क गर्दा घाटा हुने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको श्रमबाट फाइदा हुनेछ । परिवारमा विश्वास घात हुने जोखिम रहेको छ । प्रेम सम्बन्धमा खटपटी हुनेछ ।

वृष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । विपक्षी शान्त भएकाले काममा अवरोध नहुने दिन छ । तर रोग बढ्ने जोखिम छ । बौद्धिक क्षेत्रका अभियान्तासँगको भेटले मन खुशी हुनेछ ।

मिथुन : अनुत्पादक क्षेत्रमा धन खर्च हुनेछ । साथीलाई गोप्य कुरा सुनाएमा तपाईंमाथि आक्रमण हुनेछ । धार्मिक कार्यक्रममा सहभागी भएमा मन शान्त हुनेछ । गुरुसँगको साक्षात्कारले फाइदा हुने योग छ ।

कर्कट : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । लगानीका क्षेत्र सबल छन् । व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ । गोपनीयता भंग हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन सामान्य छ । आफ्नै बोलीका कारण अप्ठेरोमा पर्ने दिन छ । दाजुभाइको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । परिवारको सल्लाह लिएर गरेको कामबाट नाम र दाम दुवै मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन राम्रो छ । आफ्नै राशिमा चन्द्रमाले भ्रमण गर्दैछन् । वैदेशिक रमझमले मन आकर्षित गर्नेछ । कुनै कामको सुरुवात गरेको भए सफलता मिल्नेछ । स्वास्थ्यको पर्खाइमा भए लाभ मिल्नेछ । शिक्षाको क्षेत्रमा लगानी भएमा फाइदा हुनेछ ।

तुला : अनुत्पादक क्षेत्रको लगानीले मन दुःखी हुनसक्छ । परिवारले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ ।

वृश्चिक : धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्ने दिन छ । साथीभाइले साथ दिएको मौकामा आफ्नो काम गरेमा फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

धनु : सानो कुराले मन अशान्त बन्नेछ । एकल लगानीमा अगाडि बढ्नु भन्दा संयुक्त लगानीबाट फाइदा हुने देखिन्छ । कर्म गर्दा स्वास्थ्यले साथ दिनेछ । परिवारमा रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : सञ्चित धन खर्च हुने जोखिम छ । साथीभाइको साथले सोचेको काम बन्नेछ । शिक्षाको क्षेत्रमा अल्छीपन बढ्ने भएकाले परीक्षाको तयारीमा भए सचेत बन्नुपर्नेछ । साथीलाई विश्वास गरेमा व्यापारमा फाइदा हुने दिन छ ।

कुम्भ : शुभग्रहको बल बहुमतमा छ । मन शान्त बनाउन र व्यवहार सहज बनाउन बिहानै शिवको भजन सुन्दा राम्रो हुनेछ । अरुको चिन्ता लिनु भन्दा आफू थोरै बोलेर अगाडि बढ्नु राम्रो हुने दिन छ ।

मीन : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बौद्धिक क्षेत्रमा गरेको श्रमले नाम र दाम दुवै प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : ३६ बजे

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ– तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा

एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर

आज अपाङ्गता भएकाको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं – अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय