एनपीएल : बलिङमा नेपाल अगाडि, ब्याटिङमा विदेशीको दबदबा : कुन खेलाडी कति अब्बल ? « Khabarhub

एनपीएल : बलिङमा नेपाल अगाडि, ब्याटिङमा विदेशीको दबदबा : कुन खेलाडी कति अब्बल ?

अविनासले सर्वाधिक ११ विकेट हात पार्दा रोसिङ्टनले बनाए २५३ रन


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को बलिङमा नेपाली खेलाडी चम्किँदा ब्याटिङमा विदेशी खेलाडीले राम्रो प्रदर्शन गरेका छन् ।

२० खेलको समाप्तिमा नेपालका अविनास बोहोराले बलिङ्तर्फ सर्वाधिक ११ विकेट हात पारेका छन् । सुदूरपश्चिम रोयल्सका बोहोरालाई पछ्याउँदै विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने १० विकेट हात पारेका छन् ।

बलिङमा सन्दीपसँगै समान १० विकेट लिएका काठमाण्डु गोर्खाजका मिलिन्दु कुमार र करण केसी सर्वाधिक विकेट लिनेको सूचीमा तेस्रो र चौथो स्थानमा छन् ।

त्यसैगरी समान ९ विकेट हात पारेका सुदूरपश्चिमका हर्मित सिंह र कर्णाली याक्सका नन्दन यादव पाँचौ र छैटौं स्थानमा छन् ।

ब्याटिङमा विदेशीको दबदबा : दुई शतक

एनपीएल अन्तर्गत ब्याटिङमा भने विदेशी खेलाडीको दबदबा देखिएको छ । सर्वाधिक रन जोड्ने खेलाडी पोखराका आडम रोसिङ्टन हुन् । उनले एक शतकसहित २५३ रन बनाएका छन्। उनले कर्णालीविरुद्ध मंगलबारको खेलमा शतक बनाएका हुन् ।

दोस्रो नम्बरमा रहेका कर्णाली याक्सका मार्क वाटले एक शतकसहित २४२ रन बनाएका छन् । उनले लुम्बिनीविरुद्धको खेलमा शतक बनाएका हुन् ।

चितवन राइनोजका रवि बोपाराले पाँच खेलमा तीन अर्धशतकसहित २०७ रन बनाउँदै सर्वाधिक रन जोड्ने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका कर्णालीका प्रियाङ्क पञ्चालले दुई अर्धशतकसहित १८१ रन बनाएका छन् ।

ब्याटिङतर्फ नेपाली खेलाडी पाँचौं स्थानमा छ । नेपाली राष्ट्रिय टिका कप्तानसमेत रहेका लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले १७४ रन बनाएका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १० : ०२ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ