एनपीएल : बलिङमा नेपाल अगाडि, ब्याटिङमा विदेशीको दबदबा : कुन खेलाडी कति अब्बल ? « Khabarhub

एनपीएल : बलिङमा नेपाल अगाडि, ब्याटिङमा विदेशीको दबदबा : कुन खेलाडी कति अब्बल ?

अविनासले सर्वाधिक ११ विकेट हात पार्दा रोसिङ्टनले बनाए २५३ रन


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को बलिङमा नेपाली खेलाडी चम्किँदा ब्याटिङमा विदेशी खेलाडीले राम्रो प्रदर्शन गरेका छन् ।

२० खेलको समाप्तिमा नेपालका अविनास बोहोराले बलिङ्तर्फ सर्वाधिक ११ विकेट हात पारेका छन् । सुदूरपश्चिम रोयल्सका बोहोरालाई पछ्याउँदै विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने १० विकेट हात पारेका छन् ।

बलिङमा सन्दीपसँगै समान १० विकेट लिएका काठमाण्डु गोर्खाजका मिलिन्दु कुमार र करण केसी सर्वाधिक विकेट लिनेको सूचीमा तेस्रो र चौथो स्थानमा छन् ।

त्यसैगरी समान ९ विकेट हात पारेका सुदूरपश्चिमका हर्मित सिंह र कर्णाली याक्सका नन्दन यादव पाँचौ र छैटौं स्थानमा छन् ।

ब्याटिङमा विदेशीको दबदबा : दुई शतक

एनपीएल अन्तर्गत ब्याटिङमा भने विदेशी खेलाडीको दबदबा देखिएको छ । सर्वाधिक रन जोड्ने खेलाडी पोखराका आडम रोसिङ्टन हुन् । उनले एक शतकसहित २५३ रन बनाएका छन्। उनले कर्णालीविरुद्ध मंगलबारको खेलमा शतक बनाएका हुन् ।

दोस्रो नम्बरमा रहेका कर्णाली याक्सका मार्क वाटले एक शतकसहित २४२ रन बनाएका छन् । उनले लुम्बिनीविरुद्धको खेलमा शतक बनाएका हुन् ।

चितवन राइनोजका रवि बोपाराले पाँच खेलमा तीन अर्धशतकसहित २०७ रन बनाउँदै सर्वाधिक रन जोड्ने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका कर्णालीका प्रियाङ्क पञ्चालले दुई अर्धशतकसहित १८१ रन बनाएका छन् ।

ब्याटिङतर्फ नेपाली खेलाडी पाँचौं स्थानमा छ । नेपाली राष्ट्रिय टिका कप्तानसमेत रहेका लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले १७४ रन बनाएका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १० : ०२ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न