‘अभिमन्यु : च्याप्टर १’को बुकिङ खुला « Khabarhub

‘अभिमन्यु : च्याप्टर १’को बुकिङ खुला


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी शुक्रबार अर्थात् मंसिर १८ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुलेको छ ।

हलहरुले मंगलबारबाटै अग्रिम टिकट बुकिङ खुलाएका हुन् । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स र दोस्रो ठूलो चेन आईएनआई यो फिल्मलाई शुक्रबारका लागि समान ११–११ शो छुट्याएका छन् ।

शुक्रबारसम्म यी चेनका हलहरुले थप शो बढाउने सम्भावनमा देखिन्छ । वान सिनेमाज र विग मुभिज अन्तर्गतका हलहरुले पनि टिकट बुकिङ खुलाएका छन् ।

विभिन्न कारणले चार पटक प्रदर्शन मिति फेरिएको यो फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको छ ।

गत सोमबार यस फिल्मको प्रिमियर आयोजना गरिएको थियो । प्रिमियरमा उपस्थितहरुले यो फिल्मलाई मन पराएका थिए ।

यस फिल्ममा नायक कामेश्वर चौरासिया, नायिकाहरु लक्ष्मी बर्देवा, सरिता गिरी र गौमाया गुरुङ शीर्ष भूमिकामा रहेका छन् ।

मुकेश खनालले लेखेको यो फिल्मको निर्देशक सुशान्त गौतम हुन् । निर्माताहरु विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

पौडेल नेपाली फिल्म इतिहासकै सर्वाधिक व्यापार गर्ने ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता मध्ये एक हुन् । यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शनमा आउने निर्माण पक्षले बताएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ०९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको