‘परिवर्तन’को पोस्टर : अञ्जना प्रहरी, एक्सन अवतारमा सुशील « Khabarhub

‘परिवर्तन’को पोस्टर : अञ्जना प्रहरी, एक्सन अवतारमा सुशील


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी माघ ९ लाई प्रदर्शन मिति तोकिएको एक्सन प्रदान फिल्म ‘परिवर्तन’का शीर्ष कलाकारहरूको चरित्र खुल्ने गरी पोस्टर सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले बुधबार सार्वजनिक गरेको पोस्टरमा फिल्मका नायक सुशील श्रेष्ठलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । शरीरमा चोट र रगतको दागसहित उनी हातमा बन्दुक बोकेर फायर खोल्न तयार देखिन्छन् ।

नायिका अञ्जना बराइलीलाई प्रहरी एन्स्पेक्टरको चरित्रमा देख्न सकिन्छ । उनले पहिलो पटक प्रहरीको भूमिका निर्वाह गरेकी हुन् ।

पोस्टरमा अन्य चार कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बूढाथोकी र सुवास मेचे पनि पोस्टरमा अटाएका छन् । उनीहरुले निर्वाह गरेको चरित्रकै तस्बिर पोस्टरमा राखिएको निर्माण पक्षले बताएको छ ।

पोस्टरले फिल्म एक्सन प्रधान रहेको नै संकेत गर्छ । सुशील र प्रहरीको भूमिकामा रहेकी अञ्जनाको टसलमा फिल्म बनेको यो पोस्टरले संकेत गर्छ ।

यस फिल्मको कथा दीपक आचार्यको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मको निर्माता आचार्य आफैँ हुन् । विजय केरुङको निर्देशनमा फिल्म तयार भएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ०९ बजे

टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित

आयोगमा निवेदन दिएर फर्किए गगनसहितका नेता (तस्बिरहरू)

काठमाडौं– गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व