‘परिवर्तन’को पोस्टर : अञ्जना प्रहरी, एक्सन अवतारमा सुशील « Khabarhub

‘परिवर्तन’को पोस्टर : अञ्जना प्रहरी, एक्सन अवतारमा सुशील


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी माघ ९ लाई प्रदर्शन मिति तोकिएको एक्सन प्रदान फिल्म ‘परिवर्तन’का शीर्ष कलाकारहरूको चरित्र खुल्ने गरी पोस्टर सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले बुधबार सार्वजनिक गरेको पोस्टरमा फिल्मका नायक सुशील श्रेष्ठलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । शरीरमा चोट र रगतको दागसहित उनी हातमा बन्दुक बोकेर फायर खोल्न तयार देखिन्छन् ।

नायिका अञ्जना बराइलीलाई प्रहरी एन्स्पेक्टरको चरित्रमा देख्न सकिन्छ । उनले पहिलो पटक प्रहरीको भूमिका निर्वाह गरेकी हुन् ।

पोस्टरमा अन्य चार कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बूढाथोकी र सुवास मेचे पनि पोस्टरमा अटाएका छन् । उनीहरुले निर्वाह गरेको चरित्रकै तस्बिर पोस्टरमा राखिएको निर्माण पक्षले बताएको छ ।

पोस्टरले फिल्म एक्सन प्रधान रहेको नै संकेत गर्छ । सुशील र प्रहरीको भूमिकामा रहेकी अञ्जनाको टसलमा फिल्म बनेको यो पोस्टरले संकेत गर्छ ।

यस फिल्मको कथा दीपक आचार्यको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मको निर्माता आचार्य आफैँ हुन् । विजय केरुङको निर्देशनमा फिल्म तयार भएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ०९ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत