गोकुल बास्कोटा भन्छन्- महाधिवेशन प्रतिनिधिले एमाले जोगाउनु पर्छ « Khabarhub

गोकुल बास्कोटा भन्छन्- महाधिवेशन प्रतिनिधिले एमाले जोगाउनु पर्छ


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले दिवंगत महासचिव मदन भण्डारी आवरणमा रहेको पोस्टर सार्वजनिक गर्नुलाई जसले जसरी बुझ्छन्, त्यसैगरी बुझ्न आग्रह गरेका छन्।

बुधबार पोस्टर सार्वजनिक गरेपछि खबरहबसँग छोटो कुरा गर्दै बास्कोटाले एमाले बचाउन र चौतर्फी आक्रमणको सामना गर्न एघारौँ महाधिवेशनमा प्रतिनिधिहरूले स्विवेकले निर्णय गर्नसमेत आग्रह गरे।

‘मैले एमाले जनताको बहुदलीय जनवादको मूल्य मान्यताअनुसार अगाडि बढ्नुपर्छ । एमालेमा जोसुकै नेतृत्व आए पनि मदन भण्डारीको योगदान र उहाँको सिद्धान्तलाई अङ्गिकार गरेर अगाडि बढ्नुपर्छ भनेको हो’, बाँसकोटाले खबरहबलाई भने,‘योपटक महाधिवेशन प्रतिनिधिहरूले एमालेलाई जोगाउन र नीति र सिद्धान्त अनुसार अगाडि बढ्न उचित निर्णय गर्नुहुन्छ भन्ने लागेको छ।’

बाँस्कोटा ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छोड्नुपर्ने अडानमा छन् । उनले ११ औँ महाधिवेशनमा ईश्वर पोख्रेललाई साथ दिने संकेतसमेत गरेका छन्।

बाँसकोटासँगको कुराकानी प्रतिक्षा गर्नुस् :

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  २ : ३८ बजे

साम्बाको उपचार स्वदेशमै सम्भव छ नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगरौँ : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा

०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ साल पछिका

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो

महेश बस्नेतका कारण विशाल भण्डारी दोस्रो पटक तनावमा

काठमाडौं – पुराना दलहरूलाई निषेध गर्ने समूहबाट ‘केमडी नाइट विथ

एमालेले भन्यो- सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो

काठमाडौं– नेकपा एमालेले निर्वाचन नजिकिँदै जाँदा विभिन्न स्थानमा निषेधाज्ञा र