जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा क्षति पुर्‍याउने धरौटीमा रिहा « Khabarhub

जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा क्षति पुर्‍याउने धरौटीमा रिहा


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी, लुटपाट गरी क्षति पुर्‍याउनेलाई जिल्ला अदालत कार्यालय काभ्रेपलाञ्चोकले धरौटीमा छाड्ने आदेश दिएको छ । 

जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलाशले पक्राउ परेका सबैलाई धरौटीमा छाड्न आदेश दिएको अदालतको श्रेष्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिए। 

उनका अनुसार बनेपास्थित इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन तथा सोही भवन बाहिर राखिएका सवारीसाधनमा क्षति गराएको, प्रहरी चौकी पनौतीको भवन, पनौतीस्थित सडकखण्डमा रहेको प्रहरी बिट, धुलिखेल नगरपालिकास्थित बसपार्कमा रहेको प्रहरी बिट, बनेपामा रहेको प्रहरी बिट तथा प्रहरीका लत्ताकपडामा आगजनी तथा तोडफोड गरी भवनभित्रका हतियार र गोली लुटपाट तथा चोरी अभियोगमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालतले न्यायिक मनका आधारमा धरौटीमा छाड्न आदेश दिएको हो । 

पक्राउ परेकामध्ये साकार केसीलाई ९० हजार, अनिश सापकोटा र रविन्द्र परियारलाई जनही रु ६० हजार, समिर तामाङ, सुबास तामाङ, सुमन केसी, ङेमा मोक्तान, रमेश तिमल्सिना, विशाल तामाङ भन्ने विशाल भ्लोन, अभि शुद्धाकार र भिम तामाङलाई जनही ३० हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको श्रेष्तेदार कार्की बताए । त्यस्तै अजय तामाङलाई रु २० हजार धरौटी माग गरेको जनाइएको छ । उनका अनुसार धरौटी बुझाएर सबै रिहा भएका छन् ।

प्रहरीले भिडियो र फोटोसहित पक्राउ परेकालाई आपराधिक उपद्रवमा मुद्दा दर्ता गरेको थियो । क्षतिग्रस्त प्रहरी कार्यालयको पाँच करोड ४२ लाख ७६ हजार ४६८ क्षति भएको प्रारम्भिक मूल्यांकन गरिएको थियो । गत कात्तिक अन्तिम साता पक्राउ परेका अन्य थप पाँचलाई भने मंगलबार म्याद थप गरी अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए । 

जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोलनका क्रममा अपराधिक घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक कोमल शाहले कार्यालयमा छ वटा नीजि संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान भइरहेको बताए। प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा नीजि संरचनामा क्षति पुर्‍याइएको थियो । 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ४ : १८ बजे

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार– पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लागतका पक्की पुलहरूको निर्माणले गति

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

काठमाडौँ– चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

टीकापुर– गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम

युवापुस्तामा किन बढ्दै छ माइग्रेन र नसा च्यापिने समस्या ?

काठमाडौँ – पछिल्लो समय युवापुस्तामा माइग्रेन र नसा च्यापिने समस्या

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास