झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै « Khabarhub

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दुई मतदान स्थल असहज परिस्थितिका कारण सारिएको निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले मतदानस्थल रहेका स्वास्थ्य केन्द्र नगर अस्पतालमा परिणत भएर बिरामीको चाप बढेका कारण अर्को स्थानमा सारिएको बताए। उनका अनुसार मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी स्वास्थ्य कार्यालय र विर्तामोड नगरपालिका–३ मा रहेको विर्तामोड स्वास्थ्य केन्द्रबाट सारिएको हो । हाल दुवै स्वास्थ्य कार्यालय नगर अस्पतालमा स्तरोन्नति भएका छन् । 

‘नगर अस्पतालमा सेवाग्राहीको चाप बढी हुन्छ’, उनले भने, ‘चुनावका बेला तीन–चार दिन अस्पताल बन्द गर्नुपर्ने हुन्छ, यसो हुँदा सेवाग्राहीलाई असर पर्ने देखेर सारिएको हो ।’

उनले धुलाबारी स्वास्थ्य केन्द्रको मतदानस्थललाई सोही वडाको वडा कार्यालय र बिर्तामोड स्वास्थ्य केन्द्रको मतदानस्थललाई नजिकै रहेको डोमालाल राजवंशी रङशालामा सारिएको बताए। 

उनले जिल्लामा विगतमै रहेका २८५ मतदानस्थल नै कायम रहने जानकारी दिए। उनले जिल्लामा थपिएका ३५ हजार ९८२ जना नयाँ मतदाताको आधारमा मतदान केन्द्र थपिने जानकारी दिए । उनका अनुसार एउटा मतदान केन्द्रमा एक हजार जना मतदाता हुनेछन् । 

उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा ८०० बढी मतदान केन्द्र थपिने अनुमान रहेको बताए। झापामा नयाँ थपिएका मतदातासहितको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ । 
 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ४ : ४४ बजे

प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन थाले

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन् ।

खेल १० ओभरमा पुग्दा विराटनगरविरुद्ध लुम्बिनीले जोड्यो ६९ रन

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

जेन-जीका चार समूहले भने : ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गरौँ

काठमाडौं- जेन-जी आन्दोलनसँग सम्बन्धित चार विभिन्न समूहहरूले संयुक्त रूपमा वर्तमान

पाल्पाबाट ५५ सय केजी अवैध युरिया मलसहित मिनी ट्रक नियन्त्रण

पाल्पा– जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध रुपमा १ सय १०

एक करोड २५ लाख बढी ठगी गर्नेसहित तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुनेक्रम