मधेशमा नयाँ सरकार गठनको आह्वान, शुक्रबारसम्म दाबी पेश गर्नुपर्ने  « Khabarhub

मधेशमा नयाँ सरकार गठनको आह्वान, शुक्रबारसम्म दाबी पेश गर्नुपर्ने 


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको आह्वान गरिएको छ ।

बुधबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९(१)(क) बमोजिम दिएको राजीनामा मंसिर १७ गते स्वीकृत गरिएको जनाएको छ। राजीनामा स्वीकृत भएपछि संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएको छ।

प्रदेश सभामा बहुमत जुटाउन सक्ने सदस्यले दुई वा दुईभन्दा बढी दलको समर्थनसहित मंसिर १९ गते शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्नुपर्नेछ। 

कार्यालयका अनुसार सो समयभित्र वैध दाबी नआएपछि संविधानअनुसारको अर्को प्रक्रिया अघि बढाइने छ।
 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : २७ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,