लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य « Khabarhub

लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको विराटनगर किङ्सले १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो । 

विराटनगरका दुवै ओपनर जर्ज मुन्से र फाफ डुप्लेसी सस्तैमा आउट भए । मुन्से पहिलो ओभरका दोस्रो बलमा रनको खाता नखोली आउट भए । उनी शेर मल्लको बलको शिकार भए । 

अर्का ओपनर फाप २ ओभरको अन्तिम बलमा दोस्रो विकेटका रुपमा आउट भए । उनले ९ बल खेल्दा २ चौका हान्दै १२ रन जोडे । उनी अविषेक गौतमको बलमा क्याच आउट भए । 

विराटनगरको तेस्रो विकेटका लागि लुम्बिनीले ८ ओभर ४ बलको संघर्ष ग¥यो । लोकश बम र साम हिजलेटले तेस्रो विकेटका लागि ५२ बल खेल्दै ५५ रनको साझेदारी गरे । ११ ओभर ४ बलमा आउट तेस्रो विकेटका रुपमा आउट भएका लोकेशले ४१ बल खर्चेर ३५ रन जोडे ।

साम हिजलेट २० बलमा २७ रन जोड्न १ चौका र २ छक्का प्रहार गरे । 

तेस्रो ओभरमा लुम्बिनीका शेर मल्लले २ विकेट लिएपछि विराटनगरको ब्याटिङ धर्मराएको थियो । शेरले उक्त ओभरको पहिलो बलमा नारायण जोशी र तेस्रो बलमा साम हिजलेटलाई आउट गराएका थिए । नारायणले ७ बलमा ५ रन जोडे । 

विराटनगर १३ ओभरको दोस्रो बलमा ४ विकेट क्षतिमा ८२ रनको अवस्थामा पुगेको पछि क्रिजमा बसिर अहमद पुगेका थिए । उनले १९ बलमा २८ रन जोडेर टिमको ब्याटिङ उकासे । 

विराटनगरका प्रतिस जीसीले ११ र मर्चेन्ट डी लाङ्गेले १० रन जोडे । रन आउट भएका सहिल पटेलले ३ र एक बल सामना गरेको सन्दीप लामिछानेले १ छक्का प्रहार गरे ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : ३७ बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत