धुम्म देखियो काठमाडौंको आकाश (तस्बिरहरू) « Khabarhub

धुम्म देखियो काठमाडौंको आकाश (तस्बिरहरू)


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्ला दिनमा वायु प्रदूषण तीव्र रूपमा बढ्दै जाँदा आकाश धमिलो देखिन थालेको छ । एक हप्ता अघिसम्म उपत्यकाबाट स्पष्ट देखिने हिमालहरू अहिले देख्न मुस्किल भएको छ ।

विशेषज्ञहरूका अनुसार मौसमी सुक्खा हावा, निर्माण स्थलबाट उड्ने ठूला धूलो–कण र अत्यन्तै स–साना धुलो–धुवाँका कणको मात्रा बढ्नुले हावा बाक्लिँदै गएको छ ।

वायु प्रदूषण मापन सूचकांक काठमाडौंका विभिन्न स्थानहरूमा १८०–२५० सम्म पुगेको छ, जुन ‘अस्वस्थकर’ श्रेणीमा पर्छ । यस्तो अवस्थामा सामान्य मानिसलाईसमेत असर पर्नसक्छ भने दम, एलर्जी, मुटु र फोक्सोसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि जोखिम अझै बढ्न सक्ने विज्ञहरु बताउँछन् ।

पीएम २.५ कणहरू २.५ माइक्रोनभन्दा साना हुने भएकाले आँखाले देखिँदैनन् तर नाक–फोक्सो हुँदै शरीरभित्र प्रवेश गर्न सक्छन् । यिनै कणहरूको मात्रा अत्यधिक बढ्दा दृश्यता घट्ने, आँखा पोल्ने, घाँटी चिलाउने, थकान बढ्ने र दीर्घकालीन रूपमा फोक्सो तथा मुटु रोगको जोखिम समेत वृद्धि हुन्छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ०१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली