मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत « Khabarhub

मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशप्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ ।

आज प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६९ उपधारा ९१ को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिएको राजीनामा आज प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ ।’

प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ०२ बजे

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं