जेन-जीका चार समूहले भने : ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गरौँ « Khabarhub

जेन-जीका चार समूहले भने : ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गरौँ


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनसँग सम्बन्धित चार विभिन्न समूहहरूले संयुक्त रूपमा वर्तमान नागरिक सरकारले आफ्नो नैतिक हैसियत गुमाइसकेको बताएका छन् ।

अन्तरिम मन्त्रीहरू एकपछि अर्को राजनीतिक दलसँग औपचारिक संलग्न भएपछि नागरिक सरकारको अस्तित्वमै प्रश्न उठेको उनीहरूको ठम्याइ छ।

संयुक्त वक्तव्यमा कार्यकारी पदमै बसेर राजनीतिक दलमार्फत् सक्रिय राजनीति गर्नुलाई ‘नागरिक सरकारको सिद्धान्त, पदको शपथ र सार्वजनिक नैतिकताको खुला उल्लङ्घन’ भनिएको छ।

जेन-जीका ती चार समूहले मन्त्रीको यस्तो गतिविधिले जनताको विश्वासमा धक्का पुर्‍याएको र राज्य संयन्त्रलाई दलगत स्वार्थमा बन्धक बनाउन खोजिएको आरोप लगाएका छन्।

ऊर्जा मन्त्री कुलमान घिसिङद्वारा भारतसँग गरिएको विवादास्पद विद्युत सम्झौता, विद्युत् नियमन आयोगको स्वीकृतिबिना कमिसनमा चलखेलको आशंका पनि उनीहरूले गरेका छन् ।

एर्जामन्त्रीले यस व्यापापरमा राष्ट्रलाई ४३ करोड रुपैयाँको प्रत्यक्ष आर्थिक क्षति गरेको भन्दै वक्तव्यमा उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन गरिरहेको पनि बताएका छन् ।

यस्तो बेलामा मन्त्रीले राजनीतिक सक्रियता देखाउनु निष्पक्ष छानबिनमा हस्तक्षेप गर्ने प्रयास भएको उनीहरूको दाबी छ।

चार समूहले संयुक्त रूपमा चेतावनीसहित भनेका छन्, ‘जेन-जी विद्रोहले उठाएका सुशासन, पारदर्शिता र जवाफदेहिता जस्ता मूल मुद्दालाई कमजोर पार्ने कुनै पनि चलखेल स्वीकार्य छैन।’

संयुक्त वक्तव्यमार्फत् उनीहरूले सरकारसमक्ष ऊर्जा मन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । उनीहरूले अब कुनै राजनीतिक बहाना, छलफल वा समय लम्ब्याउने प्रयास मान्य नहुने बताएका छन् ।

‘नागरिक सरकार जनताको नैतिक अधिकारबाट जन्मिएको संरचना भएकाले पदमा बसेका व्यक्तिहरूको निजी स्वार्थ र दलगत गतिविधिले यसलाई कब्जा गर्न नदिने प्रतिबद्धता हामी जनाउँछौँ’, उनीहरूले भनेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ३४ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु