अर्थसंक्षेप : अदालती झमेलाको मारमा केवाइसी यात्रु गाडीका उपभोक्ता, नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर र १३ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : अदालती झमेलाको मारमा केवाइसी यात्रु गाडीका उपभोक्ता, नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर र १३ अंकले घट्यो नेप्से


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

१३ अंकले घट्यो नेप्से, ७४ वटा कम्पनीको बढ्यो सेयर मूल्य

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५२ अंकले घटेको छ । आज ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६३१.१७ बिन्दुमा पुगेको हो ।

आज नेप्से घटेसँगै १७७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७४ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आजको कारोबारमा ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो

कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानसँग ऋण सम्झौता

कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच ३४ दशमलव ५९ अर्ब जापानी येन बराबरको ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

अदालती झमेलाका कारण केवाइसीका उपभोक्ताले पाएनन् पार्टस्, मिलेन वारेन्टीअनुसारको सुविधा

५० लाख रुपैयाँ हालेर किनेको गाडीको भनेअनुसार वारेन्टी पाइएन र बिग्रेका सामान फेर्न पार्ट्स नै नभेटिए के होला ? ६० हजार किलोमिटर वा ५ वर्ष वारेन्टी दिन्छु भनेर किनेको गाडीको वारेन्टी एक वर्षमै नै पाइन छाडे र पार्टस् नभेटिए के गर्ने ?

अहिले यस्तै समस्या भोगिरहेका छन्, केवाइसी प्यासेन्जर भ्यानका ग्राहकहरूले । सीजी मोटर्सले आयात गरी बिक्री गरेको केवाइसी भ्यानको विवाद अदालतसम्म पुग्दा अहिले यसको मार ग्राहकलाई परेको छ ।

५० लाख रुपैयाँभन्दा बढी रकम खर्चेर किनिएको भ्यानको यतिबेला वारेन्टी पाउनै मुस्किल भएको छ। बिग्रिएको सामानको पार्ट्ससमेत पाइएको छैन । जसका कारण व्यवसाय गर्न किनेको केवाइसीको प्यासेन्जर भ्यान यतिबेला ग्यारेजतिर राख्नुपरेको छ ।

एक करोड २५ लाख बढी ठगी गर्नेसहित तीन जना पक्राउ

सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव)को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो ।

बाढीपहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुनरसंरचा गर्न सकिने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी आगामी चैतसम्मको पुनरसंरचना गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसरी पुनरसंरचना वा पुनरतालिकीकरण गर्दाको समयमा कर्जालाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानीको व्यवस्था कायम गर्नुपर्ने प्रावधान राखिएको छ ।

जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा क्षति पुर्‍याउने धरौटीमा रिहा

पाल्पाबाट ५५ सय केजी अवैध युरिया मलसहित मिनी ट्रक नियन्त्रण

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : १३ बजे

मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्नेमा अध्यक्ष थापाको जोड

बागमती– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले नियमानुसार मुआब्जा

आजका समाचार : कुलमानमाथि खनिए जेन-जी, एमालेको रिटमा सर्वोच्चले कारण सोध्यो, मधेशमा सरकार गठनको आह्वान र लुम्बिनीसँग विराटनगर पराजित

प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन

श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज

तनहुँमा सात जना एचआइभी सङ्क्रमित थपिए, एक जनाको मृत्यु

दमौली – तनहुँमा ४५० जना एड्स सङ्क्रमित रहेका छन् ।

विष्णु पौडेल ओलीतिर खुलेपछि कसरी होला शंकरको व्यवस्थापन ?

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीको