खेल १० ओभरमा पुग्दा विराटनगरविरुद्ध लुम्बिनीले जोड्यो ६९ रन « Khabarhub

खेल १० ओभरमा पुग्दा विराटनगरविरुद्ध लुम्बिनीले जोड्यो ६९ रन


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्धले दिएको १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले खेल १० ओभरमा पुग्दा ३ विकेटको क्षतिमा ६९ रन जोडेको छ । 

लुम्बिनीका सन्दीप जोरा तेस्रो विकेटका रुपमा ९ ओभरको दोस्रो बलमा आउट भएका हुन् । १५ बलमा ३ चौका र १ छक्का प्रहार गरेर २४ रन बनाएका उनी विराटनगरका सन्दीप लामिछानेको एलबीडब्ल्यू धरापमा परेका हुन् । 

ओपनर डीआर्सी सर्ट भने अविजीत ३१ रन जोडेका छन् । उनले ३० बलमा ४ चौका प्रहार गरेका छन् ।

दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन् । ३ बल सामना गरेका रोहित रनको खाता नखोली आउट भएका हुन् । चौथो ओभरम नै लुम्बिनी दुई विकेट गुमाएको हो ।

उक्त ओभरको पहिलो बलमा सुवासले ओपनर सुमित महर्जनलाई आउट गराएका थिए । सुमितले ११ बलमा १० रन जोडे ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ४६ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल