सर्टको अर्धशतकले लुम्बिनीको जित, विराटनगरको दोस्रो हार « Khabarhub

सर्टको अर्धशतकले लुम्बिनीको जित, विराटनगरको दोस्रो हार


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध ओपनर डीआर्सी सर्टको अर्धशतकमा लुम्बिनी लायन्सले ५ विकेटको जित निकालेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो ।

जितसँगै लुम्बिनीको प्लेअपमा पुग्ने सम्भावना बढेको छ । यो टिम ६ अंकसहित तालिकाको चौथौ स्थानमा पुगेको छ । यो टिमले प्लेअफको खेल खेल्न अन्य टिमहरुको जितहारमा निर्भर हुनुपर्छ ।

यो विराटनगरको दोस्रो हार हो । यसअघिका पाँच खेलमा विराटनगरले चितवन राइनोजसँग मात्रै हारेको थियो । कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरासँग जित निकालेको थियो ।

लुम्बिनी लायन्सको यो तेस्रो जित हो । यसअघिका पाँच खेलमा लुम्बिनीले पोखरा एभेन्जर्स र चितवन राइनोजलाई जितेको थियो । सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र कर्णाली याक्ससँग हारेको थियो ।

यस जितमा लुम्बिनीका ओपनर डीआर्सी सर्टको ब्याटिङ निर्णायक बन्यो । उनले सिजनको व्यक्तिगत अर्धशतक प्रहार गर्दै ४४ बलमा ५७ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे । उनी १३ ओभरको दोस्रो बलसम्म क्रिजमा टिके ।

लुम्बिनीका सन्दीप जोराले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे । दलीप नाथले ११ बलमा १६ रन जोडे । निरोशन डिकवेलाले २२ बलमा अविजीत २९ रन जोडेर टिमलाई १९ ओभरअघि नै जित देखाए ।

सहज लक्ष्य पाएको लुम्बिनीलाई यी चार खेलाडीको ब्याटिङले जित टिमको पक्षमा आएको हो । ओपनर सुमित महर्जनले ११ बलमा १० रन जोडे ।

लुम्बिनीका कप्तान रोहित पौडेलको ब्याटिङ आजको खेलमा चलेन । उनी ३ बल सामना गरेर रनको खाता नखोली आउट भए ।

बलिङतर्फ २ विकेट लिएका विराटनगरका सुवास बोहोराले सुमित महर्जन र कप्तान रोहित पौडेललाई आउट गराए ।

विराटनगरका सन्दीप लामिछानेले सर्वाधिकत रन बनाउने सर्ट र सन्दीप जोराको गरी २ विकेट लिए । बसिर अहमदले दिलीप नाथको एक विकेट लिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : २२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।