पर्साको सीमावर्ती क्षेत्रमा कडाइ « Khabarhub

पर्साको सीमावर्ती क्षेत्रमा कडाइ


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती नाकाबाट विदेशी नागरिकको अवैध ढङ्गबाट हुनसक्ने प्रवेशलाई लक्षित गर्दै सुरक्षा जाँचमा कडाइ गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले अवैध रूपमा विदेशी नागरिक आउनसक्ने भएकाले आवश्यक सतर्कता अपनाइएको बताए ।

‘शंकास्पद व्यक्ति, समुदाय जिल्लाभित्र प्रवेश गरेको अवस्थामा त्यस्ता व्यक्ति तथा समुदायका सम्बन्धमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गर्दछौँ’, उनले भने, ‘त्यस्ता परिचय नखुलेका अपरिचित व्यक्ति, समुदायलाई घरमा बसोबास गर्न नदिन, कुनै कामकाजमा नलगाउनहुन जिल्ला सुरक्षा समितिको निर्णयानुसार आमसर्वसाधारणलाई अनुरोध गरिन्छ ।’
        
पर्साको १०७ किलोमिटर क्षेत्र छिमेकी मुलुकसँग खुला सीमानाका जोडिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : ३१ बजे

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त