मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्नेमा अध्यक्ष थापाको जोड « Khabarhub

मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्नेमा अध्यक्ष थापाको जोड


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

बागमती– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले नियमानुसार मुआब्जा दिएर मात्र हेटौँडाको मुख्य सडक विस्तार गर्नुपर्ने बताएका छन् ।
    
आज सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले पूर्वपश्चिम राजमार्ग निर्माण हुनुअगावै नम्बरी जग्गामा भौतिक संरचना निर्माण भएकाले स्थानीयलाई मुआब्जा वितरण गरेरमात्र सडकका संरचना भत्काउनु र सडक विस्तार गर्नु उचित हुने उल्लेख गरेका हुन्  । 

‘सडक विस्तार गर्ने कुराको विरोध गरेको होइन’, अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘जनताको सम्पत्ति सरकारले अनधिकृत ढङ्गबाट कब्जा गर्न पाइन्न ।’

राजमार्ग निर्माणपूर्व नै घनाबस्तीको विकास भइसकेको हेटौँडा बजारको बीचबाट राजमार्ग लैजाने काम आफैँमा तर्कसङ्गत मान्न नसकिने जिकिर गर्दै उनले राजमार्गलाई रातोमाटेदेखि राप्ती खोला हुँदै सामरीसम्म बाइपास बनाउनु उचित हुने सुझावसमेत दिए । 

सडक डिभिजन कार्यालय हेटौँडाले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकअन्तर्गत मकवानपुरको हेटौँडास्थित मुख्य सडक विस्तारको तयारीविरुद्ध स्थानीयहरू आन्दोलनमा उत्रेका छन् । 

सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी घरटहरालगायत संरचना हटाउन मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले चासो नदेखाएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरेपछि स्थानीय आन्दोलनमा उत्रेका हुन् । 

स्थानीयले आज बिहानैदेखि हेटौँडाको मुख्य बजार क्षेत्रका बजार पसल बन्द गराई प्रदर्शन सुरु गरेका छन् । सडक सीमाभित्र पर्ने संरचनाको मुआब्जा उपलब्ध गराएमात्र संरचना हटाउने भन्दै स्थानीयले सडक विस्तारविरुद्ध आन्दोलन सुरु गरेका छन् । 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : ५६ बजे

नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड

काठमाडौं– नेपालजस्तो कृषि प्रधान देशमा कृषिमा आधारित नीति बनाइनुपर्नेमा जोड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्यो

दाङ- रोल्पामा बिहीबार एउटा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट