प्रधानमन्त्री र श्रीलंकाली समकक्षीबीच ४ मिनेट टेलिफोन वार्ता « Khabarhub

प्रधानमन्त्री र श्रीलंकाली समकक्षीबीच ४ मिनेट टेलिफोन वार्ता


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा हरिणी अमरसुरियाबीच आज टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट २ लाख अमेरिकी डलरबराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरिन्।

नेपाल सरकारले श्रीलंकामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलंकाली प्रधानमन्त्री अमरसुरियाले टेलिफोनमा भनिन्, ‘हामीकहाँ विपद् परेका बेला सहयोग पठाइदिनुभयो। यसका लागि धन्यवाद छ। आभारी छौँ।’

जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ’छिमेकी हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्छ। त्यो हाम्रो कर्तव्य र धर्म नै हो। यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईँहरुसँगै छौँ।’

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएकी थिइन्।

दुवै देशका प्रधामन्त्रीबीच आज बुधबार साँझ सवा ८ बजेबाट करिब ४ मिनेट कुराकानी भएको थियो।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ८ : ५१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली