महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा « Khabarhub

महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

सभापति देउवालाई भेट्न गएका पार्टीका युवा नेताहरूलाई १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

सभापति देउवाले महाधिवेशनमार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्न आग्रह गरे । सभापति देउवाले पार्टीको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म तोकिसकेकाले समयमै महाधिवेशन हुने उल्लेख गरे ।

सभापति देउवालाई भेट्न नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्ण, नेविसङ्घका पूर्वउपाध्यक्ष पुष्पकुमार शाही, नवीन राई, नेविसङ्घका पूर्वमहामन्त्री दीपक भट्टराई, नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमाल, कांग्रेसका युवा नेताहरू बद्री अर्याल, दिलीप ढुङ्गाना पुगेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ९ : ३० बजे

क्षत्रवतीका दुई सय बढी विद्यार्थीलाई स्कुल ब्याग वितरण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-८ मा रहेको क्षत्रवती माध्यमिक विद्यालयको ५९औँ

सर्लाहीमा गगनका प्रतिस्पर्धी छैनन्, १० हजार मतान्तरको जित हुन्छ : सरोज कुमार

काठमाडौं– नेपाली काङ्ग्रेसले सभापति गगन थापालाई सर्लाही क्षेत्र नम्बर ४

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

एजेनसी– टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता

तीन हिरो भएको फिल्ममा आनाको लिड

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

किमाथांका– निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका