दलित समुदायका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की « Khabarhub

दलित समुदायका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दलित समुदायका लागि संविधान र कानुनले दिएका अधिकारको प्रचलनका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री कार्कीले उत्पीडित समुदायले पाउनुपर्ने हक र सुविधाका लागि सरकार उदार ढङ्गले प्रस्तुत हुने बताएकी हुन् ।

“संविधान र कानुनले दिएका अधिकारको प्रचलन कसैले रोक्न सक्दैन, राज्यले आफ्नो प्रतिबद्धताअनुसार काम गर्नुपर्छ”, उनले भनिन् । आयोगको टोलीले प्रधानमन्त्रीसमक्ष दलितका सरोकारका सम्बन्धमा सरकारले तत्काल गर्नुपर्ने भन्दै छबुँदे अनुरोधपत्र बुझाएको थियो । छलफलमा कानुनमन्त्री अनिलकुमार सिन्हा र अन्य सरकारी अधिकारीहरूसँग पनि सहभागिता थियो ।

आयोगले बुझाएको अनुरोध पत्रमा भनिएको छ, “थर सूचीकरणसम्बन्धी सिफारिस स्वीकृत गर्नुपर्नेछ । राष्ट्रिय दलित आयोगले नेपाल सरकारलाई पटक थर सूचीकरण सिफारिसलाई मन्त्रिपरिषद्बाट निर्णय हुन आवश्यक छ र नागरिकता तथा अभिलेख अद्यावधिक गर्नुपर्छ । मन्त्रिपरिषद्को निर्णयका आधारमा सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी दलित समुदायका नागरिकता, जन्मदर्ता र शैक्षिक प्रमाणपत्रअनुसार नयाँ नागरिकता प्रमाणपत्रमा थर लेख्न पाउने र हिनताबोधका थर सच्याउने वा परिवर्तन गर्ने प्रक्रिया सुनिश्चित गर्नुपर्छ ।”

आयोगले कार्यविधिअनुसार उच्चस्तरीय बैठक बस्नुपर्ने र जातीय भेदभाव र छुवाछूत अन्त्य तथा दलित अधिकार प्रवद्र्धन कार्यविधि, २०७३ बमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा बैठक आह्वान गर्न एवं कानुनी कारबाही र हेल्प डेस्क सुदृढीकरण गर्न माग गरेको छ ।

त्यसैगरी जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव ९कसुर र सजाय० ऐन, २०६८ बमोजिम विभेद गर्नेहरूमाथि कानुनी कारबाही गर्न र दलित हेल्प डेस्क प्रभावकारी बनाउने उद्देश्यले सबै जिल्ला प्रहरी कार्यालयमा परिपत्र गर्न पनि प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ९ : ३३ बजे

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन