फाफ डु प्लेसिससँग खेल्दा सपनाजस्तै लाग्यो: लोकेश बम « Khabarhub

फाफ डु प्लेसिससँग खेल्दा सपनाजस्तै लाग्यो: लोकेश बम


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डु प्लेसिससँग खेल्नु सपना जस्तै भएको विराटनगर किंग्सका ब्याटर लोकेश बमले बताएका छन्।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगरका ब्याटर डु प्लेसिस लुम्बिनी लायन्सविरुद्ध मैदानमा उत्रिएका थिए। पहिलो खेलमा उनको ब्याट नचले पनि विराटनगरका खेलाडी लोकेशले सँगै खेल्न पाएकोमा खुशी जनाएका हुन्।

उनले खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै डु प्लेसिससँग खेल्नुपाउनु सपना जस्तै भएको प्रतिक्रिया दिए। ‘डु प्लेसिससँग खेल्नु सबैका लागि सपना जस्तै थियो। सधैं टीभीमा देखिरहेका थियौं। सँगै खेलौला भन्ने सोचेको पनि थिएन,’ लोकेशले भने, ‘हार जित आफ्नो ठाउँमा छ। उनलाई ड्रेसिङ रुपमा देख्दा एकदमै खुशी छौं।’

बुधबारको खेलमा विराटनगर लुम्बिनीसँग पाँच विकेटले पराजित भएको छ। विराटनगरले दिएको एक सय ४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।

लोकेशले अझ मार्टिन गप्टिलसँग खेल्न पाउँदा विशेष लागेको बताए। ‘मेरा लागि मार्टिन गप्टिल अझ विशेष छ। किनकि, मैले उनलाई हेरेरै क्रिकेट खेल्न सुरु गरेको हुँ। खुशी छु,’ उनले भने।

व्यक्तिगत प्रदर्शनका विषयमा सोधिएको प्रश्नमा पनि उनले कोसिस गरिरहेको बताए। अहिलेसम्म प्रदर्शन सोचेअनुसार नभए पनि बाँकी खेलमा राम्रो गर्ने कोसिस रहने उनको भनाइ थियो। उनले भने, ‘मेरो प्रदर्शनमा त खुशी छैन। पहिलो खेलबाहेक राम्रो गर्न सकेको छैन। कोसिस त गरिरहेको छु, तर फेरि गल्ती गर्न पुगिहाल्छु। अब आउने खेलमा राम्रो गर्ने कोसिस गर्छु।’

आजको खेलमा आफ्नो टोलीले केही रन कम बनाएको उनको भनाइ थियो। ‘बलिङमा पनि राम्रो भएन। सोचेजस्तो बलिङ गर्न सकेनौं,’ उनले भने।

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्ने विश्वास रहेको सुनाए। ‘आज हाम्रो टप अर्डर चलेन। सुदूरपश्चिमसँगको खेलमा टप अर्डर चलिदियो भने जित्छौं। टप-२ मा पुग्छौं,’ उनले भने। विराटनगर र सुदूरपश्चिमको खेल शनिबार हुनेछ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ९ : ४३ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय