लगातार ग्राफ बढाउँदै अमेरिकी डलर : शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

लगातार ग्राफ बढाउँदै अमेरिकी डलर : शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ। यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ।

युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर,डेनिस क्रोनरको भने भाउ घटेको छ। केही विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ।

केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ५४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपियाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपियाँ बिक्रीदर एक सय ७० रुपियाँ ७४ पैसा , स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ३३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ २१ पैसा र बिक्रीदर ८५ रुपियाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ११ पैसा र बिक्रीदर ९५ रुपियाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपियाँ ९६ पैसा र बिक्रीदर एक सय रुपियाँ ४० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ७१ पैसा र बिक्रीदर आठ रुपियाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७१ पैसा र बिक्रीदर १८ रुपियाँ ७९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४६ पैसा र बिक्रीदर ३६ रुपियाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७ रुपियाँ ७३ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर चार रुपियाँ, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २८ पैसा र बिक्रीदर ३७ रुपियाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ४३ पैसा र बिक्रीदर ३० रुपियाँ ५६ पैसा निर्धारण भएको छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ३२ पैसा र बिक्रीदर १२ रुपियाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपियाँ ९० पैसा र बिक्रीदर १८ रुपियाँ ९९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ६० पैसा र बिक्रीदर १७ रुपियाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपियाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपियाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपियाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपियाँ ६८ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ २४ पैसा तोकिएको छ। त्यसैगरी, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ५ : ५९ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद