लगातार ग्राफ बढाउँदै अमेरिकी डलर : शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

लगातार ग्राफ बढाउँदै अमेरिकी डलर : शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ। यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ।

युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर,डेनिस क्रोनरको भने भाउ घटेको छ। केही विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ।

केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ५४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपियाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपियाँ बिक्रीदर एक सय ७० रुपियाँ ७४ पैसा , स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ३३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ २१ पैसा र बिक्रीदर ८५ रुपियाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ११ पैसा र बिक्रीदर ९५ रुपियाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपियाँ ९६ पैसा र बिक्रीदर एक सय रुपियाँ ४० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ७१ पैसा र बिक्रीदर आठ रुपियाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७१ पैसा र बिक्रीदर १८ रुपियाँ ७९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४६ पैसा र बिक्रीदर ३६ रुपियाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७ रुपियाँ ७३ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर चार रुपियाँ, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २८ पैसा र बिक्रीदर ३७ रुपियाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ४३ पैसा र बिक्रीदर ३० रुपियाँ ५६ पैसा निर्धारण भएको छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ३२ पैसा र बिक्रीदर १२ रुपियाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपियाँ ९० पैसा र बिक्रीदर १८ रुपियाँ ९९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ६० पैसा र बिक्रीदर १७ रुपियाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपियाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपियाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपियाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपियाँ ६८ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ २४ पैसा तोकिएको छ। त्यसैगरी, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ५ : ५९ बजे

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय