क्रिकेटका लागि यो वर्ष कति रोमाञ्चक हुनसक्छ ? | Khabarhub Khabarhub

क्रिकेटका लागि यो वर्ष कति रोमाञ्चक हुनसक्छ ?

भारत र अस्ट्रेलियाको उचाइसँगै पाकिस्तान, अफ्रिका र श्रीलंकाको भिडन्त


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

वर्ष २०२५ को पहिलो महिना क्रिकेटका लागि त्यत्ति सारो रोमाञ्चक नहुन सक्छ। विश्व क्रिकेटमा सीमित ओभर अझ त्यसमा पनि टी-२० को लोकप्रियता बढी रहे पनि अहिले भने धेरै देश टेस्टमा सक्रिय छन्। जिम्बाब्बे अफगानिस्तान तथा दक्षिण अफ्रिका र पाकिस्तान टेस्टमा सक्रिय छन्।

जनवरी महिनापछि फेब्रुअरीदेखि भने क्रिकेटका सीमित ओभरका प्रतियोगिता सुरु हुने छन्। २५ मार्चमा सबै भन्दा लोकप्रिय फ्रेन्चाइज इन्डियन प्रिमियर लिग हुनु भन्दा अघि नै १९ फेब्रुअरीमा च्याम्पियन्स ट्रफी हुनेछ।

सोही च्याम्पियन्स ट्रफी भन्दा अघि केही टेस्ट शृङ्खला हुनेछन्। जसले टेस्ट विश्व च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाको प्रतिद्वन्द्वी चयन गर्नेछ। ११ जुनमा फाइनल खेल सुरु हुनेछ। वर्ष २०२५ को आधा समयमा सकिने यी ३ वटा प्रतियोगिता नै सायद यस वर्षका सबै भन्दा रोमाञ्चक भिडन्त हुनेछन्। सबैभन्दा लोकप्रिय फ्रेन्चाइज स्वाभाविक रूपमा टी-२० नै हुने भयो।

च्याम्पियन्स ट्रफी एक दिवसीय हुनेछ। टेस्ट वरीयतामा अहिले अस्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छन्। अस्ट्रेलिया र भारत बिच जारी शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल जारी छ। दोस्रो दिनको लन्च समय हुँदा सुरुमा ब्याटिङ गरेको भारतले दिएको १८६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा मात्र १०१ रन बनाएको छ। सायद यस खेलले नै धेरै कुराको टुङ्गो लगाउन पनि सक्ने छ।

एक दिवसीय वरीयतामा अहिले भारत पहिलो, अस्ट्रेलिया दोस्रो, पाकिस्तान तेस्रो तथा दक्षिण अफ्रिका चौथो स्थानमा छन्। संयोग अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच नै पहिलो चरणमा खेल हुनेछ भने भारत र पाकिस्तान पनि पहिलो चरणमा भेट्ने छन्।

यस वर्षको सुरुवाती समयमा नै यो परम्परागत प्रतिद्वन्द्वी बिचको भिडन्तले प्रभावित हुने भएको छ।

अहिले संसारका शीर्ष टोली टेस्ट शृङ्खलामा भिडिरहेका छन्। फाइनलमा छनोट भइसकेको दक्षिण अफ्रिकाको पाकिस्तानसँगको खेल महत्त्वपूर्ण नहुनसक्छ। तथापि भारत र अस्ट्रेलियाबीचको खेलमा टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्ने टोलीको लगभग टुङ्गो लगाउने छ। सो खेलमा अस्ट्रेलियाले सफलता पाए स्वतः फाइनल प्रवेश गर्नेछ।

अन्यथा अस्ट्रेलिया, श्रीलङ्का र भारतको सम्भावना कायम नै रहने छ। शृङ्खलाको सुरुका चार खेल सकिँदा अस्ट्रेलिया २-१ ले अगाडी छ । बोर्डर गावस्कर ट्रफी जोगाउन भारतले जित हात पार्नु जरुरी छ।

रोहितको खेल लगभग अन्त्य : नयाँ संरचनामा भारत
अस्ट्रेलियामा जारी शृङ्खलामा रोहित शर्माको प्रदर्शन अत्यन्त कमजोर रहेको छ। सो टेस्टको अन्तिम खेलमा त उनलाई बेन्चमा राखिएको छ। सबै कुराको टुङ्गो लागेको छैन। तर पनि यसै टेस्टपछि उनले सन्यास लिनसक्ने सम्भावना छ।

उनले सन्यास लिएमा भारतीय क्रिकेटमा करिब दुई दशक लामो अध्ययनको अन्त्य हुनेछ। गत वर्ष टी-२० विश्वकपको उपाधि जितेपछि उनले टी-२० बाट सन्यास घोषणा गरेका थिए। अहिले यस शृङ्खलापछि उनले टेस्टबाट समेत सन्यास घोषणा गर्ने सम्भावना बढेको छ। च्याम्पियन्स ट्रफीमा समेत उनले गर्ने प्रदर्शनको बारे चर्चा हुन थालेको छ।

नयाँ संरचनामा भारत र दक्षिण अफ्रिका
सन् २०२३ मा एक दिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाएका अस्ट्रेलियाका खेलाडी नै अहिले पनि टोलीमा छन्। सो उपाधि दिलाउन सबै भन्दा महत्त्वपूर्ण खेलाडी ट्रेभिस हेडले अहिले पनि राम्रो प्रदर्शन गरिराखेका छन्। यसैगरी कप्तान प्याट कुमिन्स र मिचेल स्टार्कले लगातार एउटै लयमा प्रदर्शन गरीरहेका छन्। फरक संरचनामा फरक खेलाडीले उही स्वरूपमा खेली रहेका छन्।

दक्षिण अफ्रिकी टोलीमा भने धेरै परिवर्तन हुन सक्नेछ। एक दिवसीय विश्वकप तथा टी-२० विश्वकपमा खेलेका माइकल जेन्सन तीन वटै संरचनामा जमी रहेका छन्। डेभिड मिलर पनि सीमित ओभरको क्रिकेटमा जमेका छन्। अन्य खेलाडीमा दक्षिण अफ्रिकाले केही नयाँ सिम बलरको प्रयोग गरीरहेको छ। साथमा मध्य ओभरमा खेल्ने केही नयाँ अलराउण्डरहरुको परीक्षण गरीरहेको छ। टेस्ट कप्तान आइडन म्याक्रम पछिल्लो समय अन्य संरचनामा खेल्न सकिरहेका छैनन्। रेन रिकेल्टनले टेस्टमा धेरै नै शानदार खेल प्रदर्शन गरेका छन्। दक्षिण अफ्रिकी टोलीमा प्रारम्भिक ब्याट्सम्यानको रूपमा सीमित ओभरको खेलमा पनि उनले नियमित स्थान पाउने सम्भावना प्रबल देखिएको छ।

यसैगरी भारतीय टोलीमा पनि व्यापक परिवर्तनको सम्भावना छ। रोहितले बिदा लिए पनि सीमित ओभरमा शीर्ष क्रममा धेरै प्रतिस्पर्धा देखिएको छ। गएको वर्ष दक्षिण अफ्रिकासँगका शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेको तिलक वर्मा र सञ्जु सामसन दुवै राम्रो लयमा छन्।

यसैगरी सदाबहार खेलाडी शुभमन गिल पनि प्रतिस्पर्धामा अझै छन्। यशस्वी जैयसवालले पनि राम्रो प्रदर्शन गरिरहेका छन्। तेस्रो या चौथो स्थानबाट भारतले विराट कोहलीलाई बाहिर राख्न चाहँदैन भने लोकेश राहुल र अभिषेक शर्माका कारण सो स्थानमा धेरै प्रतिस्पर्धा भएको छ। गएको सिजन उनले सनराइजर्स हैदरावादका लागि अभिसेकले गरेको प्रदर्शन सबैका लागि यादगार बनेको छ। गएका केही वर्षदेखि भारतीय क्रिकेटमा जितको एउटा आधार नै बनेका जसप्रित बुमराह त सबै संरचनामा नि सन्देश टोलीमा रहने खेलाडी हुन्। साथमा अस्टेलियासँगको खेलमा शतक प्रहार गरेपछि नितिस कुमार रेड्डी पनि टोलीमा नियमित स्थान पाउन सक्ने खेलाडीमा रहेका छन्।

भारतका लागि आवश्यक तल्लोक्रमको भरपर्दा ब्याटिङ अलराउण्डरको भने केही समयदेखि आवश्यकता थियो। नितिस रेड्डी, हार्दिक पाण्डे र रवीन्द्र जडेजा तल्लो क्रमका अलराउण्डरको स्थानमा लागि पनि धेरै प्रतिस्पर्धा देखिएको छ।

टोली जस्तो रहे पनि यस वर्षको क्रिकेटको सेरोफेरो धेरै जसो भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका र पाकिस्तानको सेरोफेरोमा चल्ने देखिएको छ।

च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानको खेल तथा अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल महत्त्वपूर्ण र रोमाञ्चक हुनेछ। साथमा टेस्ट नै भए पनि दक्षिण अफ्रिकाका लागि फेरि एक पटक विश्व च्याम्पियन हुने मौका आएको छ। यसमा पनि अन्तिम भिडन्त अस्ट्रेलियासँग नै हुने प्रबल सम्भावना देखिएको छ।

स्रोतः क्रिक बज, आइसिसी, क्रिकइन्फो

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ०६ बजे

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी

पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जाडोयाममा शीतलहरबाट प्रभावित हुने

चिसो बढेपछि विद्यालय बन्द

रौतहट – केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै बढेको जाडोका

सोलुखुम्बुमा भूकम्पले एक सरकारीसहित आठ घरमा क्षति

सोलुखुम्बु – आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ