पदभार ग्रहणअघि ट्रम्पलाई धक्का : १० जनवरीमा जेल वा जरिवानाको फैसला हुनसक्ने « Khabarhub

पदभार ग्रहणअघि ट्रम्पलाई धक्का : १० जनवरीमा जेल वा जरिवानाको फैसला हुनसक्ने


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – एक न्यायाधीशले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई १० जनवरीमा सजाय हुने बताएका छन्। राष्ट्रपति पदभार ग्रहण गर्नुअघि उनलाई ‘हस मनी’ प्रकरणमा दोषी ठहर गरिएको हो। उनको सजाय के हुने भन्ने यकिन छैन, जेल या जरिवानाको भने टुङ्गो लागेको छैन।

अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएपछि उनले यो मुद्दालाई भङ्ग गर्न चाहेका थिए। न्यायाधीशले यो घोषणा गरे पनि ट्रम्पको टिमले यसको आलोचना गरेको छ। ट्रम्प टिमले यसलाई गैर न्यायिक भन्दै केस डिसमिस गर्ने बताउँदै आएको छ।

मे महिनामा ट्रम्पलाई केही व्यावसायिक गलत रेकर्ड तथा वयस्क फिल्म स्टार स्टोर्मी डानियल्सलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको फेला परेको छ।

ट्रम्पले भने यी सबै आरोपलाई गलत भन्दै २०२४ को राष्ट्रपति उम्मेदवार अभियानलाई प्रभावित पार्न यी सबै गरिएको बताउँदै आएका थिए। ट्रम्पका प्रवक्ताले न्यायाधीश मर्चनको आलोचना गरेका छन्।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ३५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी