जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल « Khabarhub

जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम बढेको छ । दैनिक हजारौँ सर्वसाधारण आवतजावत गर्ने पुलको पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नुपरेको छ ।

विसं २०३७ मा निर्मित उक्त पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । उक्त झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित दैनिक ६ हजारभन्दा बढी सङ्ख्याले उक्त पुलबाट आवतजावत गर्ने तथा मेला, महोत्सव तथा यज्ञ सञ्चालन भएको दिनमा हजारौँ भक्तजनले यही पुल प्रयोग गर्ने गर्छन् ।

माघे सङ्क्रान्ति मेलामा त एकै दिन लाखौँ भक्तजनले उक्त पुल मार्फत आवतजावत गर्छन् । देवघाट गाउँपालिकाका सामाजिक अगुवा तथा देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले त्रिशूलीको झोलुङ्गे पुलले अब धान्न गाह्रो हुने बताए ।

विसं २०३७ मा निर्माण सम्पन्न भएको उक्त पुलमा हाल दैनिक छ हजार जनाभन्दा बढीले आवतजावत गर्ने र सयौँ मोटरसाइकल वारपार गर्ने पौडेलले जानकारी दिए । देवघाट आउनका लागि हाल उक्त झोलुङ्गे पुलबाहेक ठिमुराको पुल, दासढुङ्गाको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दीको पुल तथा जुगेडीको झोलुङ्गे पुल पनि छ ।

देवघाट आउने भक्तजनमध्ये करिब ९५ प्रतिशत चितवनको आँपटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गरे । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताए । पौडेलले उक्त पुलको विकल्प तत्काल खोज्न नसक्ने हो भने अब उक्त पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाउनुपर्ने बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्नुपर्ने विषयमा सस्पेन्सन पुल डिभिजन कार्यालयलाई जानकारी गराइएको स्पष्ट पारे । देवघाट जान तीन वटा मोटरेबल पुल सञ्चालनमा आइसकेको हुँदा अब उक्त पुलबाट मोटरसाइकल सञ्चालनमा रोक लगाउनुपर्ने उनको भनाइ छ ।

देवघाटका सामाजिक अगुवा बलबहादुर क्षेत्रीले पनि जतिसक्दो चाँडो उक्त पुलबाट मोटरसाइकल आवतजावतमा रोक लगाउनुपर्ने बताए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ११ : २२ बजे

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले अधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका