कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : नेता सिंह « Khabarhub

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : नेता सिंह


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनमा पार्टीले कसैसँग चुनावी तालमेल नगर्ने बताएका छन् । 

कांग्रेस महोत्तरीले शनिबार बर्दिबासमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सिंहले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने भन्दै कार्यकर्ताहरूलाई संगठन निर्माणमा लाग्न आग्रह गरे । 

‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति बैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ,’ कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो । त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ ।’ 

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीसमेत रहेका सिंहले मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको पनि बताए । सर्लाहीको हरिपुर नगरपालिकामा मन्त्रालयले बनाएको व्यावसायिक भवनको उद्घाटनमा जाने क्रममा उनी महोत्तरीमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन् । 

मन्त्री सिंह शुक्रबार कांग्रेस सिरहाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । सिंह शनिबार नै रौतहटमा हुने पार्टी कार्यक्रममा सहभागी हुने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १२ : ५३ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल