कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : नेता सिंह « Khabarhub

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : नेता सिंह


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनमा पार्टीले कसैसँग चुनावी तालमेल नगर्ने बताएका छन् । 

कांग्रेस महोत्तरीले शनिबार बर्दिबासमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सिंहले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने भन्दै कार्यकर्ताहरूलाई संगठन निर्माणमा लाग्न आग्रह गरे । 

‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति बैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ,’ कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो । त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ ।’ 

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीसमेत रहेका सिंहले मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको पनि बताए । सर्लाहीको हरिपुर नगरपालिकामा मन्त्रालयले बनाएको व्यावसायिक भवनको उद्घाटनमा जाने क्रममा उनी महोत्तरीमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन् । 

मन्त्री सिंह शुक्रबार कांग्रेस सिरहाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । सिंह शनिबार नै रौतहटमा हुने पार्टी कार्यक्रममा सहभागी हुने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १२ : ५३ बजे

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र