राप्रपा नेपालको बैठक : कमल थापाको प्रतिवेदनमाथि छलफल  « Khabarhub

राप्रपा नेपालको बैठक : कमल थापाको प्रतिवेदनमाथि छलफल 


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको छ।

काठमाडौंको नवदुर्गा पार्टी प्यालेस, चाबहिलमा बैठक चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समीक्षा र पार्टीको भावी कार्यदिशा प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि आजको बैठकमा छलफल भइरहेको छ ।

यस्तै शासकीय स्वरूप, निर्वाचन प्रणाली लगायतका विषयमा पार्टीको धारणा तयार गर्न गठित समितिको अन्तरिम प्रतिवेदन उपाध्यक्ष डा.विष्णु भण्डारी, तराई मधेस उत्थान अभियानबारे उपाध्यक्ष नरेन्द्र झा, संगठन विभागको प्रतिवेदन महामन्त्री राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सचिवालयको प्रतिवेदन सह महामन्त्री हिक्मतजङ्ग भण्डारी, गैर सरकारी विभागको प्रतिवेदन सह महामन्त्री महेश्वर रोक्काले प्रस्तुत गरेका थिए ।

हिजो पेस भएका कार्यपत्र र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरू धारणा राखिरहेको महामन्त्री बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  २ : ०१ बजे

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले अधिवेशनस्थल भृकुटीमण्डप

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका