राप्रपा नेपालको बैठक : कमल थापाको प्रतिवेदनमाथि छलफल  « Khabarhub

राप्रपा नेपालको बैठक : कमल थापाको प्रतिवेदनमाथि छलफल 


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको छ।

काठमाडौंको नवदुर्गा पार्टी प्यालेस, चाबहिलमा बैठक चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समीक्षा र पार्टीको भावी कार्यदिशा प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि आजको बैठकमा छलफल भइरहेको छ ।

यस्तै शासकीय स्वरूप, निर्वाचन प्रणाली लगायतका विषयमा पार्टीको धारणा तयार गर्न गठित समितिको अन्तरिम प्रतिवेदन उपाध्यक्ष डा.विष्णु भण्डारी, तराई मधेस उत्थान अभियानबारे उपाध्यक्ष नरेन्द्र झा, संगठन विभागको प्रतिवेदन महामन्त्री राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सचिवालयको प्रतिवेदन सह महामन्त्री हिक्मतजङ्ग भण्डारी, गैर सरकारी विभागको प्रतिवेदन सह महामन्त्री महेश्वर रोक्काले प्रस्तुत गरेका थिए ।

हिजो पेस भएका कार्यपत्र र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरू धारणा राखिरहेको महामन्त्री बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  २ : ०१ बजे

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई