भैँसीको मासु निर्यात सम्झौता खारेज गर्न माग, माइतीघरमा प्रदर्शन « Khabarhub

भैँसीको मासु निर्यात सम्झौता खारेज गर्न माग, माइतीघरमा प्रदर्शन


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनसँगको भैँसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै विभिन्न सङ्घसंस्थाले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । 

विभिन्न अहिंसावादी संघ, संस्था, शाकाहारी सङ्घ लगाए तले भैँसीको मासु निर्यात सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले आफू पनि बाचौँ र अरूलाई पनि बाच्न दिऔँ, मासु निर्यात सम्झौता खारेज गर्रौ, सम्पूर्ण प्राणीप्रति करुणा भाव राखौँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले चीनसगको भैँसीको मासु निर्यात सम्झौता उचित नभएकाले यसलाई खारेज गर्नुपर्ने माग गरेका थिए ।

सम्पूर्ण प्राणिको जीवन रक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराउन विरोध गरेको उनीहरूले बताएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगा-भैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको भएको थियो । सरकारले भने नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा उक्त सम्झौता महत्त्वपूर्ण हुने बताउँदै आएको छ । 

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ३ : १४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी