भैँसीको मासु निर्यात सम्झौता खारेज गर्न माग, माइतीघरमा प्रदर्शन « Khabarhub

भैँसीको मासु निर्यात सम्झौता खारेज गर्न माग, माइतीघरमा प्रदर्शन


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनसँगको भैँसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै विभिन्न सङ्घसंस्थाले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । 

विभिन्न अहिंसावादी संघ, संस्था, शाकाहारी सङ्घ लगाए तले भैँसीको मासु निर्यात सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले आफू पनि बाचौँ र अरूलाई पनि बाच्न दिऔँ, मासु निर्यात सम्झौता खारेज गर्रौ, सम्पूर्ण प्राणीप्रति करुणा भाव राखौँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले चीनसगको भैँसीको मासु निर्यात सम्झौता उचित नभएकाले यसलाई खारेज गर्नुपर्ने माग गरेका थिए ।

सम्पूर्ण प्राणिको जीवन रक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराउन विरोध गरेको उनीहरूले बताएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगा-भैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको भएको थियो । सरकारले भने नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा उक्त सम्झौता महत्त्वपूर्ण हुने बताउँदै आएको छ । 

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ३ : १४ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल