राप्रपा नेपालको बैठक : चैत्रदेखि जनसंघर्ष सुरु गर्ने निर्णय | Khabarhub Khabarhub

राप्रपा नेपालको बैठक : चैत्रदेखि जनसंघर्ष सुरु गर्ने निर्णय


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी चैत्र महिनादेखि जनसङ्घर्ष सुरु गर्ने निर्णय गरेको छ । 

शनिबार काठमाडौंमा सम्पन्न राप्रपा नेपालको केन्द्रीय समितिको बैठकले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति, सनातन हिन्द राष्ट्र र राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार नियन्त्रणका निम्ति जनलोकपालको व्यवस्था, सङ्कटग्रस्त सहकारी संस्थाहरूको राष्ट्रियकरण लगायतका माग राखेर चैत्र महिनादेखि जनसङ्घर्ष सुरु गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीको केन्द्रीय महाधिवेशन २०८२ साल मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले समान विचारधारा भएका दल वा समूहसँग सकेसम्म एकता गर्ने तथा एकता सम्भव नभए सहकार्य वा मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।

बैठकले संविधान संशोधनका नाममा दुई दलीय व्यवस्था कायम गर्न खोजेको भन्दै विरोध जनाएको छ । संविधान संशोधन गर्नै परेर धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र हटाउनेबारे साहस देखाउन बैठकले प्रमुख राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

एजेण्डाको सुरक्षाको ग्यारेन्टी भए बिगतका त्रुटी सच्चाउदै एकता गर्न सकिने र नेतृत्वमा पनि लचक हुन सकिने अध्यक्ष थापाले बताए। त्यस्तै उनले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्यताका साथ सम्पन्न गर्ने उल्लेख गरे ।

उनले जनताको अभिमत लिनका लागि केन्द्रीय नेताहरू जिल्ला जिल्लामा जाने बताए । बैठकले संवैधानिक अंग र न्यायपालिकामा हुने नियुक्तिमा राजनीतिकरण र पार्टीगत भागबन्डा अन्त्य गर्न उक्त क्षेत्रमा आमूल सुधार गर्न पनि माग गरेको छ । 

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ४ : ०७ बजे

वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम

अछाममा गोठालो गएका दुई किशोरी मृत फेला

काठमाडौं– अछाममा बाख्रा चराउन जङ्गल गएका दुई किशोरी मृत फेला

नेपाल–चीन सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा संयुक्त अनुगमन

हुम्ला– नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त

कोइलाबास भन्सारमा राजस्व संकलन घट्यो

दाङ– दाङको कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ ।

रास्वपा संसदीय दलको बैठक बुधबारका लागि आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)ले संसदीय दलको बैठक आह्वान गरेको