राप्रपा नेपालको बैठक : चैत्रदेखि जनसंघर्ष सुरु गर्ने निर्णय « Khabarhub

राप्रपा नेपालको बैठक : चैत्रदेखि जनसंघर्ष सुरु गर्ने निर्णय


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी चैत्र महिनादेखि जनसङ्घर्ष सुरु गर्ने निर्णय गरेको छ । 

शनिबार काठमाडौंमा सम्पन्न राप्रपा नेपालको केन्द्रीय समितिको बैठकले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति, सनातन हिन्द राष्ट्र र राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार नियन्त्रणका निम्ति जनलोकपालको व्यवस्था, सङ्कटग्रस्त सहकारी संस्थाहरूको राष्ट्रियकरण लगायतका माग राखेर चैत्र महिनादेखि जनसङ्घर्ष सुरु गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीको केन्द्रीय महाधिवेशन २०८२ साल मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले समान विचारधारा भएका दल वा समूहसँग सकेसम्म एकता गर्ने तथा एकता सम्भव नभए सहकार्य वा मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।

बैठकले संविधान संशोधनका नाममा दुई दलीय व्यवस्था कायम गर्न खोजेको भन्दै विरोध जनाएको छ । संविधान संशोधन गर्नै परेर धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र हटाउनेबारे साहस देखाउन बैठकले प्रमुख राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

एजेण्डाको सुरक्षाको ग्यारेन्टी भए बिगतका त्रुटी सच्चाउदै एकता गर्न सकिने र नेतृत्वमा पनि लचक हुन सकिने अध्यक्ष थापाले बताए। त्यस्तै उनले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्यताका साथ सम्पन्न गर्ने उल्लेख गरे ।

उनले जनताको अभिमत लिनका लागि केन्द्रीय नेताहरू जिल्ला जिल्लामा जाने बताए । बैठकले संवैधानिक अंग र न्यायपालिकामा हुने नियुक्तिमा राजनीतिकरण र पार्टीगत भागबन्डा अन्त्य गर्न उक्त क्षेत्रमा आमूल सुधार गर्न पनि माग गरेको छ । 

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ४ : ०७ बजे

वीपी स्मृतिदेखि जयन्तीसम्म कांग्रेसले डिजिटल अभियान सञ्चालन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले वीपी स्मृति दिवस (साउन ६) देखि वीपी

‘जेन-जी विद्रोह नहुँदा पनि ०८४ मा कांग्रेस होइन, रास्वपा नै पहिलो पार्टी बन्थ्यो’

काठमाडौं- राजनीतिशास्त्री तथा प्राध्यापक कृष्ण खनालले गत भदौमा ‘जेन-जी विद्रोह’

काभा भलिबलमा नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौं- पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) भलिबल च्याम्पियनसिपअन्तर्गत आज

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

काठमाडौं- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ

प्यालेस्टिनी समकक्षी बैङ्कसँग सेवा सम्बन्ध छुटाउने तयारीमा इजरायली बैङ्कहरू

जेरुसलेम- इजरायली बैङ्कहरूले आफ्ना समकक्षी प्यालेस्टिनी बैङ्कहरूलाई सूचित गर्दै उनीहरूले