एन्फा महिला लिगमा एपीएफको सानदार जीत « Khabarhub

एन्फा महिला लिगमा एपीएफको सानदार जीत


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एपिएफ क्लबले जीत हासिल गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग)मा एपीएफ क्लबले जीत हासिल गरेको हो ।

रश्मीकुमारी घिसिङको उत्कृष्ट प्रदर्शन प्रेरित विभागीय टोली एपीएफले बागमती युवा क्लबविरुद्ध ५–१ को  फराकिलो जीत हासिल गरेको छ ।

एपिएफले दोस्रो चरणको खेलमा सुखद सुरुआत गर्दा बागमतीको भने यो लगातार दोस्रो हार यो । यसअघि बागमती त्रिभुवन आर्मी फुटबल क्लबसँग २–० ले पराजित हुन बाध्य भएको थियो ।

एपिएफलाई फराकिलो जित दिलाउन रश्मीले ह्याट्रिक गर्दा गीता राना र अनिता केसीले थप एक एक गोल गरेका थिए भने बागमतीका लागि पुष्पाकुमारी खड्काले एक मात्र जवाफी गोल फर्काएकी थिइन् ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ४ : २९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी