सुनसरी बराह क्षेत्रबाट भीम रावलको मातृभूमि जागरण अभियान सुरु « Khabarhub

सुनसरी बराह क्षेत्रबाट भीम रावलको मातृभूमि जागरण अभियान सुरु


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको कारबाहीमा परेका पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावल मातृभूमि जागरण अभियानको सुरुवात गरेका छन् । 

एमालेले कारबाही गरेको १० औँ दिनमा उनले सुनसरीको बराह क्षेत्रबाट मातृभूमि जागरण कार्यक्रमको सुरुवात गरेका हुन् । 

पार्टीको कारबाहीमा परेको एक सातापछि पुस १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । अभियानका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा शनिबार आयोजित समारोहमा रावलले अभियानमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको बताए । 

‘मैले जुन मातृभूमि जागरण अभियान भनेको छु । यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ छैन,’ उनले भने, ‘म आफैं पनि धेरै वर्ष अगाडि ०४९ सालमा नै मैले स्नातकोत्तर गरेको हुँ । ०४० सालको म अधिवक्ता हुँ । एउटा नागरिकले जहाँ पुग्नु पर्ने हो, म त्यहाँ पुगेको छु ।’ 

रावलले देशको एउटा सचेत नागरिक देश डुब्न लाग्दा टुलुटुलु हेरेर बस्न नसक्ने भएकाले आफूले पाइला चालेको बताए । 

‘म आज किन तपाईंहरूको बीचमा आएको छु भने, एउटा सचेत नागरिक देश डुब्न लाग्दा पनि राष्ट्रको अर्थतन्त्र, कृषि, उद्योग, राजनीतिक सुरक्षा सम्पूर्ण ध्वस्त हुँदा टुलुटुलु हेरेर बस्न सक्दैन,’ रावलले भने, ‘उसले पाइला चाल्नु पर्छ ।’

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ४ : ३२ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल