नेकपाले देशको नेतृत्व गर्न चाहेको छ : विप्लव « Khabarhub

नेकपाले देशको नेतृत्व गर्न चाहेको छ : विप्लव


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले एक पटक देशको नेतृत्व गर्न नेकपाले चाहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले आफ्नो सेवा सुविधाका लागि नभई देश र जनताको सेवाका लागि नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।

उनले मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिका विरुद्ध सशक्त भएर उभिने स्पष्ट दृष्टिकोण नेकपामा रहेको जिकिर गरे ।

क्रान्तिकारीबीच सुरु भएको ध्रुवीकरणको क्रम अब नरोकिने भन्दै देशको नेतृत्वमा पुग्ने गरी सबैबिच ध्रुवीकरण हुने उनले बताए । विप्लवले दलालहरूको व्यवस्थालाई बदल्न जरुरी रहेकाले सबै माओवादी घटकहरू तयार हुनुपर्ने उनको भनाइ छ । उनले समान विचारधाराबीच एकता र सहकार्य गर्दै देशलाई संकटबाट रूपान्तरणतर्फ लैजाने बताए ।

उनले ठूला भनिएका दलहरूभित्रको ध्रुवीकरण पनि जनताले हेरिरहेको भएपनि उनीहरूको क्रियाकलापले जनता सन्तुष्ट नरहेको धारणा राखे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, विद्रोहीबीच एकता घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ५ : २८ बजे

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा– जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा,

पोखरा–जोमसोम हवाई उडान पुनः सुरु

गण्डकी– वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम