‘सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको संयन्त्र कमजोर देखियो’  « Khabarhub

‘सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको संयन्त्र कमजोर देखियो’ 


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेसँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्रले पर्दा पछाडिबाट प्रभावकारी काम गर्न नसकेको बताएका छन्।

नेपाल मुस्लिम संघको दोस्रो गण्डकी प्रदेश अधिवेशनलाई आज पोखरामा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन्। 

कांग्रेसको सरकार सञ्चालनका लागि बनेको संयन्त्रले पर्दा पछाडि प्रभावकारी काम गर्न नसकेको र त्यसलाई गतिशील बनाउनुपर्ने उनले औँल्याए।

 ‘आम कार्यकर्ता र जनताको भावनामा रहेको संयन्त्रले काम गर्न सकेको छैन। कांग्रेसको ओज र स्टेन्थलाई बराबर राख्न संयन्त्रले बढी ध्यान दिनुपर्छ। टुलुटुलु हेरेर बस्नु भएन। कांग्रेसको ओज घटाउन हुन्न भनेर गम्भीर बन्नुपर्‍यो । कार्यक्रमका प्रमुख अतिथि रहेका महामन्त्री गगन कुमार थापाप्रति इंगित गर्दै महरले भने।

गठबन्धन र देशको भावना विपरीत कुरामा कांग्रेसको संयन्त्रले सरकारसँग डिभेड गर्न सक्नुपर्ने उनको भनाइ छ।

‘सरकारसँग संयन्त्रले धेरै डिभेड गर्न नसकेको देशभरका साथीहरूको ठम्याइ छ। त्यसैले कांग्रेसको ओज र स्थितिलाई मध्यनजर गर्दै सम्मानको शक्ति सन्तुलन हुनुपर्छ। यसमा शीर्ष नेतृत्वको ध्यान पुगोस् ।’ उनले भने।

यसका साथै समावेशीताको पूर्ण कार्यान्वयनका संविधानको अक्षरशः पालना हुनुपर्ने महरले बताएका छन्। संविधानले सबै जातजाति, समुदायका मानिसको अधिकार सुनिश्चित गरेको बताउँदै महरले त्यसको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : २८ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल