रौतहटबाट ३ हजार लिटर अवैध रक्सी बरामद « Khabarhub

रौतहटबाट ३ हजार लिटर अवैध रक्सी बरामद


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अवैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले अवैध रूपमा सञ्चालित रक्सी भट्टीमा छापा मारी ठूलो परिमाणमा रक्सीजन्य पदार्थसंगै बन्दोबस्तीका सामान फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय गौरको टोलीले सदरमुकाम गौर नगरपालिका–५ अन्तर्गत विभिन्न स्थानमा सञ्चालित तीनवटा रक्सी भट्टीमा छापामारी गरी उक्त सामान बरामद गरेको हो। 

प्रहरी टोलीले गरेको छापामारीको क्रममा ठूलो परिमाणमा घरेलु मदिरा, कच्चा पदार्थ र रक्सी उत्पादनमा प्रयोग गरिने विभिन्न सामान बरामद भएको जिल्ला प्रहरी रौतहटका उमाशंकर प्रसादले जानकारी दिएका छन्। 

प्रहरीले तयारी रक्सी ७ सय लिटर रक्सी, २८ सय लिटर कच्चा पदार्थ, मदिरा उत्पादनमा प्रयोग गरिने मेशिन ४ थान, सिल्भर डेक्ची ८ थान, स्टिल बाल्टिन ३ थान, ग्याँस सिलिन्डर ४ थान, ग्याँस चुलो ४ थान, प्लास्टिक ग्यालन १४० थान, प्लास्टिक बाल्टिन १० थान बरामद भएको इन्स्पेक्टर उमाशंकरले बताएका छन्।

बरामद सामान स्थानीय भद्र भलादमी, जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा शनिबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : ४६ बजे

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म