रौतहटबाट ३ हजार लिटर अवैध रक्सी बरामद « Khabarhub

रौतहटबाट ३ हजार लिटर अवैध रक्सी बरामद


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अवैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले अवैध रूपमा सञ्चालित रक्सी भट्टीमा छापा मारी ठूलो परिमाणमा रक्सीजन्य पदार्थसंगै बन्दोबस्तीका सामान फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय गौरको टोलीले सदरमुकाम गौर नगरपालिका–५ अन्तर्गत विभिन्न स्थानमा सञ्चालित तीनवटा रक्सी भट्टीमा छापामारी गरी उक्त सामान बरामद गरेको हो। 

प्रहरी टोलीले गरेको छापामारीको क्रममा ठूलो परिमाणमा घरेलु मदिरा, कच्चा पदार्थ र रक्सी उत्पादनमा प्रयोग गरिने विभिन्न सामान बरामद भएको जिल्ला प्रहरी रौतहटका उमाशंकर प्रसादले जानकारी दिएका छन्। 

प्रहरीले तयारी रक्सी ७ सय लिटर रक्सी, २८ सय लिटर कच्चा पदार्थ, मदिरा उत्पादनमा प्रयोग गरिने मेशिन ४ थान, सिल्भर डेक्ची ८ थान, स्टिल बाल्टिन ३ थान, ग्याँस सिलिन्डर ४ थान, ग्याँस चुलो ४ थान, प्लास्टिक ग्यालन १४० थान, प्लास्टिक बाल्टिन १० थान बरामद भएको इन्स्पेक्टर उमाशंकरले बताएका छन्।

बरामद सामान स्थानीय भद्र भलादमी, जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा शनिबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : ४६ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई